पाल्पा–विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्न उचित सल्लाह, परामर्श तथा जानकारी दिई आम नागरिकलाइ सहयोग गर्नुपर्ने दायित्वलाइ बिर्सेर पाल्पाका क्लिनिकहरु सोमबारदेखि बन्द भए।
व्यवसायीको यस्तो निर्णय आएपछि प्रमुख जिल्ला अधिकारीले सुचारु गर्न दिएको निर्देशनलाई पनि सञ्चालकहरुले अटेर गरेका छन्।
पाल्पाका अधिकांस क्लिनिक बन्द नै छन भने खोलिएका क्लिनिक पूरै खोलिएको छैन ।
आइतबार बसेको नेपाल औषधी ब्यावसायी संघ पाल्पाको बैठकले क्लिनिकमा आएर संक्रमित व्यक्ति र संक्रमण नभएको व्यक्तिले एक अर्कामा कोरोना सार्न सक्ने र त्यसबाट स्वास्थ्यकर्मीलाई जोखिम भएको भन्दै बन्द गर्ने निर्णय गरेको थियो ।
बन्द गर्न भनेको सूचना लिएर समिति मेडिकलमा आएपछि बन्द गरेको तानसेनस्थित भट्टराई मेडिकलकी सञ्चालक शारदा भट्टराईले बताइन् ।
जिल्लामा दर्ता भएर सञ्चालनमा रहेका क्लिनिक ५० वटा छन् । अधिकांश क्लिनिकमा व्यवसायीले निकालेको सूचना टाँसेर बन्द गरिएको छ । तर सूचनामा कुनै आधिकारीक व्यक्तिको हस्ताक्षर भने छैन । सञ्चालनका लागि तपाईले दिएको निर्देशन किन मानेनन् भन्ने प्रश्नमा प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले नखोलेको भए अनुगमन गरेर कारवाही गरिने बताए ।
तर क्लिनिक सञ्चालकहरु आफुलाई कोरोना लाग्ने भएकाले जसले जे भनेपनि खोल्न्न नसकिने बताएका छन् ।
व्यवसायी संघले जिल्ला प्रशासन कार्यालयमा समेत बन्द गरेको निर्णय जानकारी नगराइ क्लिनिक बन्द गरेका थिए ।