कोरोना महामारीका कारण त्रसित जनमानसमा एउटा खुशीको खबर छ। भारतको दैनिक जागरण पत्रिकाले प्रकाशित गरेको एउटा लामो रिर्पोट भन्छ–इन्फ्लुएन्जाजसरी कोरोना भाइरसले आफ्नो जेनेटिक संरचना तीब्र गतिमा बदलिरहेको छैन।
रिर्पोटअनुसार ४ महिनाअघि चीनको वुहानमा पाइएको कोरोना भाइरसको जेनेटिक जस्तो थियो, अहिले पनि लगभग उस्तै छ। यसको लाभ विज्ञानलाई हुनेछ। किनभने यसलाई आधार मानेर औषधि वा भ्याक्सिन तयार गर्न सजिलो हुनेछ।
भारतमा कोरोना भाइरसको स्वरुबारे अध्ययन गरिरहेको भारतीय चिकित्सा अनुसन्धान परिषद्का वैज्ञानिकका अनुसार भारतमा पाइएको कोरोना भाइरस धेरै हदसम्म समान छ। उनीहरु भन्छन्–भारतमा पाइएका संक्रमितहरु अरु देशबाट भारतमा आएका हुन्।
सामान्यतया, भाइरस एक व्यक्तिको शरीरबाट अर्को व्यक्तिको शरीरमा पुग्दा यसले आफ्नो संरचना परिवर्तन गर्छ। जसलाई म्युटेशन भनिन्छ।
पत्रिकाको सो रिर्पोटअनुसार कोरोना भाइरसमा यस्तो परिवर्तनको प्रक्रिया देखिएको छैन।
पछिल्लो हप्ता भारतीय चिकित्सा अनुसन्धान परिषद्का वैज्ञानिक रमन गंगाखेडकरले भनेका थिए–भारतमा उपचारका लागि आएका संक्रमितहरुको शरीरमा फेला परेका कोरोना भाइरसको जेनेटिक संरचना चीनको वुहान शहरमा भेटिएको कोरोना भाइरससँग ९९ दशमल ९ प्रतिशतसम्म मिल्छ। -बीबीसी हिन्दीबाट अनुदित