काठमाडौँ : कालो तिल स्वास्थ्यको लागी निकै लाभदायक छ । तिल हाम्रो भान्सामा प्रयोग गरिन्छ तर अरु वस्तुको तुलनामा तिल कम प्रयोग गर्ने गर्छौ । तिलको महत्व मानिसलाई थाहा नभएको कारण यसको प्रयोग कम भएको हो ।
तिल खानाले हुने दश फाइदाहरु :
- तिलको सेबन गर्नाले रुघाखोकी निको हुनुको साथै हाडजोर्नीकोे दुखाइ कम गर्छ,
- यसको प्रयोगले अर्थराइटिस रोग बाट मुक्ति मिल्छ ,
- दिनहु कालो तिल राम्रोसंग चपाएर खानाले गिजा र दात बलियो हुन्छ,
- गर्भवतीका लागि राम्रो,
- पाचनमा सहयोग,
- मुटु रोगको जोखिम कम,
- चियामा अलिकति तिल वा तिलको पात र अदुवा हालेर चिया खाएमा खोकी छिटो निको हुन्छ,
- तिलले आगोले पोलेको घाउ निको हुन्छ ,(तिलको तेल वा भुटेको तिल पिसेर अण्डाको पहेलो भाग फाली सेतो भागसंग मुछी लगाउनाले फाइदा गर्छ )
- मुखको कालो पोतो वा दाग हटाउछ,
(जीरा, बोके जीरा, कालो तिल, सरस्यूँ र रायो सबैको चूर्ण बराबर मिसाएर दूधमा फिटेर बेलुका सुत्ने बेलामा नित्य पोतो वा दागमा लगाउनाले फाइदा मिल्छ )
- तिलको तेल प्रयोग गरिएको खाना मोटोपन भएको मान्छेको लागि फाइदाजनक हुन्छ ।( यसमा हुने तत्वले कोलेस्ट्रोल कम गराउछ ।)