काठमाडौं-गत २४ घन्टामा नेपालमा ७३ जनाको कोरोना भाइरस संक्रमणको परीक्षण भएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले पछिल्लो चौबीस घन्टामा नेपालमा ७३ जनाको कोरोना भाइरसको परीक्षण भएको जानकारी दिएका हुन्।
उनले नेपालमा हालसम्म १ हजार १ सय ३३ जनामा कोरोना भाइरसको परीक्षण भएको बताए। स्वास्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा उनले सबैमा कोभिड १९ नेगेटिभ आएको जानकारी दिएका हुन्।
यस्तै हालसम्म देशभरिमा ९९ जना आइसोलेसनमा रहेको उनले बताए। नेपालमा हालसम्म पाँच जना मात्र कोरोना संक्रमित भेटिएका छन्।
पाँच जनामध्ये एकजना उपचारपछि निको भइसकेका छन् भने ४ जनाको उपचार भइरहेको छ। उपचारमा रहेकाहरुको पनि सुधार आइरहेको उनले जानकारी दिए।