केही दिन अघि मात्र बेलायतका चिकित्सा वैज्ञानिकहरुले आफ्नो पुर्व अध्ययनलाई सच्चाउँदै भनेका छन् कि अब कोभिड १९ लाई एक खतरनाक संक्रमण रोगका रुपमा लिनुुुुुुुुपर्दैन।
त्यसो त यस अघि नै विश्वका कतिपय वैज्ञानिकहरुले कोरोना भाइरस तथा फ्लू भाइरसमा खासै ठुलो फरक नभएको तथ्यहरु पेश गरेका थिए । कोराना भाइरस संक्रमणको अहिलेसम्म (चैत्र २१) को तथ्यांक हेर्ने हो भने विश्वका १० लाख १५ हजार मानिसहरु कोभिड १९ बाट संक्रमित भएका छन् भने ५३ हजार संक्रमित मानिसहरुले ज्यान गुमाएका छन् ।
अमेरिका मात्र कोडिभ १९ बाट संक्रमितको संख्या २ लाख ४५ हजार पुगेको छ भने मर्नेको संख्या ६ हजार नाघिसकेको छ । मर्नेको संख्या अझ कति पुग्ने हो अहिले भन्न सकिने स्थिति छैन । तर फ्लु भाइरसको तुलनामा यो संख्या कम नै हो ।
त्यो किनभने अमेरिकाको सरकारी तथ्यांकलाई हर्ने हो भने गत मौसममा मात्र ३८ लाख अमेरिकनहरु फ्लु भाइरसबाट संक्रमित थिए भने ३ लाख ९० हजार इन्फ्लून्जाका विरामीहरु अस्पतालमा भर्ना भएका थिए, फ्लुका कारण एकै मौसममा मर्नेहरुको संख्या २३ हजार थियो ।
अमेरिकाको मौसमी फ्लुको मृत्युदर ०.१ प्रतिशत रहेको अध्ययनले देखाएको छ । तर, कोभिड १९ को अहिलेसम्म छर्लंग नभएता पनि अनेक अध्ययनले मौसमी फ्लु भन्दा बढी हुने जनाएको छ । सिजिनल फ्लु भनेको पुरानो समस्या हो । र, यस सम्बन्धमा वैज्ञानिकहरुले धेरै वर्षदेखि अध्ययन गरिरहेका छन् ।
तर, कोरोना भाइरस विश्वका लागि एकदम नयाँ हो । यस कारण पनि यसको डर बढी भएको कतिपय वैज्ञानिकहरुको तर्क छ । तुलनात्मकरुपमा हेर्ने हो भने सिजिनल फ्लु भाइरस तथा कोरोना भाइरस दुबै, संक्रमक भाइरसहरु हुन्, जुन एक व्यक्तिदेखि अर्को व्यक्तिमा सर्ने गर्छन्, शरीरमा पुगेपछि श्वासप्रश्वास सम्बन्धि समस्याहरु पैदा गर्दछन् । ज्वरो, कफ, खोकी, घाँटी, जिउ तथा टाउको दुखाइ, सिघान बग्ने, थकान र कहिलकाहीँँ उल्टी र पखाला लाग्ने फ्लुका लक्षणहरु हुन् ।
अधिकांश फ्लू संक्रमित ब्यक्ति दुई हप्ता भित्र ठीक हुन्छन् । तर कतिपय फ्लू संक्रमितहरुलाई न्यूमोनिया लगायतका जटिल समस्याहरु देखा पर्दछन् । र, यस्ता विरामीहरुलाई अस्पतालमा भर्ना गराएर उपचार गर्नु पर्ने हुन्छ । विश्व स्वास्थ्य संगठन तथा अमेरिकी रोग नियन्त्रण र रोकथाम केन्द्रका अनुसार हरेक वर्ष विश्वमा ६ लाख ५० हजार मानिसहरु मौसमी फ्लूका कारण मर्ने गर्छन् ।
अर्कोतर्फ चिकित्सा वैज्ञानिकहरुले कोभिड १९ को लक्षण तथा यसको तीब्रताको बारेमा अझै खोजतलास गर्दै छन् । अहिलेसम्मको जानकारी अनुसार ज्वरो, खोकी तथा सास फेर्न कठिनाइ यसका प्रमुख लक्षणहरु हुन् । अस्पतालमा भर्ना गरिएका ८३ देखि ९८ प्रतिशत कोभिड १९ का विरामीमा ज्वरो, ७६ देखि ८२ प्रतिशतमा सुख्खा खोकी तथा ११ देखि ४४ प्रतिशतमा थकान र मांशपेशी दुखाइ देखिएको जामा जर्नलले जनाएको छ ।
कोभिड १९ का अन्य लक्षणहरुमा टाउको, घाँटी तथा पेट दुखाइ, पखाला, गन्ध थाहा नपाउनु आदि पनि हुन सक्ने उक्त जर्नलमा उल्लेख छ । चिनको रोग नियन्त्रण तथा रोकथाम केन्द्रको अध्ययन अनुसार कोरोना संक्रमित ४४ हजार ६ सय ७२ केसहरु मध्य ८०.९ प्रतिशतलाई हल्का, १३.८ प्रतिशतलाई तीब्र तथा ४.७ प्रतिशतलाई नाजुक समस्याहरु देखिएको छ । कोभिड १९ तथा फ्लू भाइरस, दुबैले श्वासप्रश्वासमा समस्या पैदा गर्ने हुँदा कोरोना भाइरस संक्रमण हो वा फ्लुको संक्रमण हो छुट्टाउन गाह्रो हुने विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
सिजनल फ्लू भाइरस चार प्रकारका हुन्छन्, ए, बी, सी, डी इन्फ्लुन्जा भाइरस । ए इन्फ्लुन्जाको पनि दुई प्रकार हुन्छन् । ए (एच१एन१) तथा ए(एच२एन३) । इन्फ्लुन्जा एले हरेक मौसममा महामारी ल्याउने गर्दछ । तर कोरोना भाइरसले आइन्दा कसरी संक्रमण देखाउने हो भन्न सक्ने स्थिति अहिले छैन । विश्वमा भाइरस महामारीको कुरा गर्ने हो भने सन् २००९ मा स्वाइन फ्लुको महामारी फैलिएको थियो ।
स्वाइन फ्लुको कारण विश्वमा ५ लाख मानिस मरेका थिए । अप्रिलबाट शुरु भएको यस महामारीलाई जुनमा विश्व स्वास्थ्य संगठनले प्यानडेमिक (महामारी) घोषणा गरेको थियो भने यस वर्षको ११ मार्चमा कोभिड १९ लाई पनि महामारी घोषणा गरेको छ ।
अन्तमा नोभेल कोरोना भाइरस, जसलाई अहिले सार्स कोरोना भाइरसः २ भनिएको छ । विश्वले पहिला यस भाइरसलाई जति खतरनाक ठानेको थियो त्यत्ति खतरनाक नभएको, तर मौसमी फ्लु जस्तो पनि नभएको पुष्टि हुन्छ । अहिले मौसमी फ्लु रोकथामका लागि खोप उपलब्ध भएता पनि कोभिड १९ रोकथामका लागि खोप निर्माण भएको छैन, तर काम भैरहेको छ, निकट भविष्यमा नै खोप तयार हुने पक्का छ ।
तर त्यसैले अहिलेको आवश्यकता कोरोनाबाट बच्ने सर्वोत्तम उपाय भनेको नै सरसफाइ र खानपान नै हो । अतः फ्लु भाइरस होस् वा कोरोना भाइरस होस् रोकथाम लागि पटक पटक साबुनपानीले ३० सेकेण्ड हात धुने, हातले आँखा, नाक, कान तथा मुख नछुने ।
छुन परेमा साबुनपानीले धोएका हातले मात्र छुने । हात नमिलाउने, भीडभाडमा नजाने, ६ फिट टाढा उभिने । रुघाखोकी लागेको छ भने मात्र मास्क लगाउने । घरमै बस्ने । रोगप्रतिरोधात्मक शक्ति बढाउने पौष्टिक तथा भिटामिन सीयुक्त खानेकुराहरु खाने ।
(लेखक साइकोथेरापिष्ट हुन् ।)