बुद्ध जन्मस्थल लुम्बिनीमा दोश्रो अन्तरराष्ट्रिय त्रिपिटक वाचन शुरु भएको छ । त्रिपिटक वाचन कार्यक्रमको आयोजक समितिका अध्यक्ष भिक्षु मैंत्री महास्थवीरसँग गरिएको कुराकानी ।
त्रिपिटक भनेको के हो ?
त्रिपिटक भनेको भगवान बुद्धले ४५ वर्षसम्म निरन्तर प्रदान गर्नुभएको ज्ञान, एबं धर्म देशनाको संग्रहित ग्रन्थ हो । अपि धम्म शुत्र पिटक, शुत्त पिटक र सम्राट अशोकको पालामा दोश्रो शताब्दी ई.पु.मा लेखिएको बिनय पिटक गरी ३ ग्रन्थहरूलाई मिलाई बनाइएको ग्रन्थ नै त्रिपिटक हो । त्रिपिटकलाई बौद्ध धर्म र संस्कृतिमा उच्च ग्रन्थको रूपमा पुजनीय रूपमा लिने गरिएको छ । बौद्ध धर्मको मूल ग्रन्थ पनि हो त्रिपिटक ।
यसको महत्व के छ ?
भगवान बुद्धले दिएको उपदेश नियमलाई अङ्गिकार गरी उहाँले देखाएको बाटोमा हिड्नु नै यसको महत्व हो ।
त्रिपिटक बाचन केका लागि गरिन्छ ?
त्रिपिटक भनेको भगवान बुद्धले दिएको उपदेशको संग्रह पनि हो । बौद्ध धर्मको मूल ग्रन्थ पनि हो । त्रिपिटकको बारेमा सबैलाई अवगत गराउनु र यसको महत्व दर्साउनका लागि यो बाचन गरिन्छ । यसलाई लुम्बिनीमा आयोजना गर्नुको पनि उद्देश्य भनेको लुम्बिनीलाई विश्व सामु चिनाउनु हो । लुम्बिनीको प्रचार गर्नका लागि पनि त्रिपिटक बाचन यहाँ आयोजना हुन जरूरी छ ।
त्रिपिटक गर्ने साेंच कसरी आयो ?
त्यस्तो खास सोंच थिएन । बुद्धगया, सारनाथ, कुशीनगर लगायत विश्वमा जहाा बौद्ध तिर्थाटनहरू छन् । त्यहाा त्रिपिटक बाचन भइरहन्छ । बुद्ध जन्मिएकै देशमा किन हुन सक्दैन त भनेर हामीले त्रिपिटक बाचन सुरू गरेका हौं । लुम्बिनीमा पनि यसको बाचन गरि सबैप्रति लुम्बिनीको प्रचार गरौं न भन्ने उद्देश्यले गर्ने सोंच आएको हो । यो तयारीमा ५ वर्ष लागेपछि बल्ल सफल भयौ । गत वर्षदेखि सुरू भयो ।
सरकार र लुम्बिनी विकास कोषले आजसम्म किन चासो नदिएको होला त्रिपिटकको बारेमा ?
त्रिपिटक बाचन कार्यक्रम आयोजना गर्नु चानचुने कुरा होइन् । किन चासो नदिएको भन्ने कुरा उहााहरूको विषय हो । तर पहिलोपटक आयोजना हुँदा लुम्बिनी विकास कोषले सहयोग गर्याे । अहिले प्रदेश सरकार पनि साथमा छ । लुम्बिनी भ्रमण वर्षको वार्षिक क्यालेन्डरमै यो छ । अब हामीले सुरूवात गरिदियौं । आगामी वर्षहरूमा अब यो त्रिपिटक कार्यक्रम सरकारले अपनत्व लिएर आफै आयोजना गर्नुपर्छ । भन्ने हाम्रो चाहना हो ।
अर्को कुरा लुम्बिनीमा भिक्षुहरूको एकदमै कमी छ । विभिन्न देशका बिहारहरूमा भिक्षुहरू भए पनि उहाँहरूले आफ्नै तरिकाले बौद्ध पाठ गर्नुहुन्छ । थेरवाद भिक्षुहरूले त्रिपिटकको बढी महत्व दिने र थेरवाद भिक्षुहरूको कमी भएकाले पनि आयोजना हुन नसकेको हो । अहिले बिदेशबाट भिक्षुहरू आएर समेत त्रिपिटकमा सहभागी हुने हुादा कार्यक्रम गर्न सजिलो हुन्छ ।
आउँदा वर्षमा पनि त्रिपिटक बाचन निरन्तर चलिरहन्छ त ?
सकेसम्म हामीले त्रिपिटक बाचन कार्यक्रमलाई निरन्तरता दिने कोसिसमा छौं । त्यसको लागि भनेर प्रदेश सरकारसाग पनि समन्वय गरेका छौं । अर्को वर्ष नेपाल भ्रमण वर्ष २०२० को उपलक्ष्यमा आयोजना हुन्छ । मैले माथि नै भनिसके अब सरकारले अपनत्व लिएर यो कार्यक्रमलाई अघि बढाउनु पर्छ ।
हरेक वर्ष एउटै मितिमा हुन्छ कि समय फरक गर्न सकिन्छ ?
पहिलो कुरा भारतमा त्रिपिटक च्यान्टिङ् जूनजून ठाउँमा भइरहेको छ, त्यहाँ निरन्तर भैरहेको र त्यही समय तालिका बनाउँदा गत वर्ष र यो वर्ष एकै समय जुरेको छ । प्राय: एकै समयजसो भैरहेको छ । नेपालीहरूको महान चार्ड दशैं, तिहार, छठ सकिएपछिको समय पनि भएकोले यो उपर्युक्त समय हो । वर्षाबास पछिको कठिन दान पनि यो समयमा सकिने भएकाले गर्दा हामीले यस समयमा गर्दै आएका हौं । अन्य समयमा गर्दा बिदेशी भिक्षु, उपासकहरूको उपस्थिति यो कार्यक्रममा न्यून हुने भएकाले पनि यो समय त्रिपिटक बाचनका लागि उपर्युक्त हो । प्रत्येक वर्ष यही समयमा आयोजनाका लागि मिति मिलाउन जरूरी छ ।
त्रिपिटकमा कति देशका भिक्षुहरू सहभागी छन् ?
गत वर्ष २२ देशबाट सहभागी थिए । यसपाली २५ देशका भिक्षु , भिक्षुणी आनी, लामा, सहभागी छन् । अमेरिका, भियतनाम, मलेसिया, इन्डोनेसिया लगायत देशका भिक्षुहरू समेत आएका छन् ।
कार्यक्रममा खर्चको व्यवस्था कसरी भएको छ ?
अहिलेसम्म त अनुदानबाट नै चलिरहेको छ । प्रदेश सरकारले पनि केही रकम सहयोग गर्ने कुरा भएको छ । लुम्बिनी विकास कोषले पनि सहयोग छ । रोयल थाई मोनाष्ट्रीबाट पनि सहयोग छ । त्यसैगरी लुम्बिनी कासाई होटल, लुम्बिनी विकास कोषका केही कर्मचारीहरूले आफ्नो तलबबाट काटेर सहयोग गर्नुभएको छ । त्यसैगरी भैरहवा, लुम्बिनीका होटल संघ लगायत बिभिन्न ब्यक्तित्व, सहयोगी हातहरूको सहयोगले खर्च ब्यबस्थापन भएको छ । कोहीले खाना, कोहीले पिउने पानी, कोहीले बिहानको नास्ता सौजन्य गर्नुभएको छ । सबैको भावनात्मक सहयोग छ ।
लुम्बिनी प्रचारका लागि त्रिपिटकको आवश्यकता छ ? यस्ता कार्यक्रमहरूलाई प्रोत्साहन गर्न सरकारले के गर्नुपर्ला ?
लुम्बिनी विकास कोषले नै आयोजना गरे राम्रो हुन्छ । यो विषयमा प्रदेश सरकार लगायत पर्यटन मन्त्री पनि सकारात्मक नै रहेको पाएका छौं । यसका लागि लुम्बिनी विकास कोषले नै ठूलो भूमिका निभाउनु पर्छ ।