बुटवल-रुपन्देहीका एकजना कैदीबन्दीको मृत्युबारे वीर अस्पताल काठमाडौंले आफन्तले लगाएको हत्याको आरोप अस्वीकार गर्दै खण्डन गरेको छ।
वीर अस्पतालले कोभिड १९ संक्रमितको मृत्युपछि समयमा शव व्यवस्थापन नगरी शव सड्नेसमयसम्म राखेर लापरबाही गरेको भने प्रष्ट भएको छ।
शव लामो समय राखिएकाले सड्ने अवस्थामा पुगेको अस्पतालका कोभिड १९ श्रोतव्यक्ति डा अच्युतराज कार्कीले बताए। उनले भने-'हामीसँग शव व्यवस्थापन गर्ने अधिकार नभएकाले शव लामोसमयसम्म यहाँ रह्यो, त्यसका कारणले सडेको हो, शव सड्न लागेकाले शरीरबाट रगत बग्ने, निलो देखिने जस्ता समस्या आएको हो।'
केन्द्रीय कारागार काठमाडौंमा रहेका रुपन्देहीको भैरहवाका ती संक्रमितको शनिबार राति मृत्यु भएको थियो। तर अस्पतालले लापरबाही गर्दा मृत्यु भएको गम्भीर आरोप आफन्तले लगाएका छन्।
मृतकका आफन्तले संक्रमितको आँखा निकालिएको, घाँटी काटिएको अवस्थामा रहेको, शरीरमा फोका आएको अवस्था रहेको भन्दै हत्याको आरोप लगाएका छन्।
संक्रमितको मृत्युपछि अस्पतालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको ‘कोभिड–१९ का कारण मृत्यु भएका व्यक्तिहरुको शव व्यवस्थापन सम्बन्धी कार्यविधि’ अनुसार शवको व्यवस्थापन गर्नुपर्ने थियो। कोरोना संक्रमित ती व्यक्तिलाई असोज ३ गते राति वीर अस्पतालको आकस्मिक कक्षमा ल्याइएको थियो।
यो पनि