काठमाडाैँ : परापूर्वकालदेखि घरेलु भाँडाकुँडाको रूपमा प्रयोग गरिँदै आएको तामाका भाँडाहरु उपयोग गर्दा स्वस्थ्यमा राम्रो असर पर्ने तथ्य त सुन्दै आएका थियौँ तर यो परम्परागत तथ्यमा वैज्ञानिक मान्यता पनि रहेकाे छ ।
हालसालै अमेरिकामा गरिएको अनुसन्धानले तामाका भाँडाकुँडामा खानेकुरालाई दूषित गरी विषाक्त बनाउने जीवाणुहरुलाई मार्न सक्ने अध्भूत क्षमता रहेको तथ्य पत्ता लागेको छ ।
परीक्षणमा स्टीलका भाँडाहरुमा १ महिनासम्म जीवित रहने “ई-कोली” नामक जीवाणु तामाका भाँडाकुँडाहरुमा चार घण्टा भन्दा ज्यादा बाँच्न नसक्ने तथ्य फेला परेको छ । त्यसैगरी बेलायतको बर्मिघम शहरको एउटा अस्पतालमा गरिएको अनुसन्धानले पनि यो तथ्यलाई पुष्टि गरेको छ ।
अस्पतालमा गरिएको शोधमा परम्परागत ट्वाइलेटमा प्रयोग भएका शिट, धारा, हैण्डल, पुश-प्लेटलाई हटाएर तामाका सामग्रीहरु प्रयोग गर्दा परम्परागत शौचालय को तुलनामा तामाका सामग्री जोडिएको सतहमा जीवाणुहरुको संख्या ९० देखि १०० प्रतिशत कम पाइएको थियो ।वैज्ञानिकहरूका अनुसार तामा धेरै उपयोगी धातु हो ।
तामाकाे भाँडामा राखिएकाे पानि पिउनुका फाइदाहरु यसप्रकार छन् :
- छाला राेग निराकरण गर्दछ,
- पेट तथा उदर रोगमा पनि विशेष फाइदा पुग्दछ ,
- अपच, अजिर्ण, भोक नलाग्ने, ग्यास, बायु गोला जस्ता समस्या नियन्त्रण गर्दछ,
- कब्जियतमा पनि विशेष फाइदा पुर्याउँछ ,
- यसरी राखेकाे पानिकाे निरन्तर सेवन गर्नाले डन्डिफोर, घमौरा, लुतो, पिलो, घाउ, खटिरा आइरहने समस्या हटाउदछ ।