बुटवल-प्रतिनिधि सभा विघटनको विरोधमा अग्रगमनका लागि नागरिक आन्दोलनले बुटवलमा प्रदर्शन गरेको छ। बुटवलको पुष्पलाल पार्कमा नागरिक आन्दोलनका अभियन्ताहरुले प्लेकार्डसहित प्रदर्शन गरेका थिए।
उनीहरुले 'हामी चाहन्छौं अदालतले संविधानको रक्षा गरोस्, यो सडकको आवाज सुन्, जनताका कुरा सुन्, हामी चाहन्छौं विधिको शासन' जस्ता नारा लेखिएका प्लेकार्ड सहित प्रदर्शन गरेका थिए।
प्रतिनिधि सभा विघटनको विरोधमा बुटवल क्षेत्रका लेखक, साहित्यकार, विद्यार्थी र विभिन्न पेशाकर्मीसमेत रहेको नागरिक आन्दोलन गठन गरेर आन्दोलन जारी राखेको आन्दोलनका अभियन्ता मनिकर कार्कीले जानकारी दिए।

.jpg)
.jpg)
.jpg)
.jpg)
प्रकाशित मिति: आइतबार, फागुन ९, २०७७, १८:२४:००