काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेटमा हार्ड हिटरको छबी बनाएका अफगानी विकेटकिपर तथा ब्याट्सम्यान मोहमद शहजादले एभरेष्ट प्रिमियर लिग (इपिएल) मा चितवन टाईगर्सका लागि खेल्ने भएका छन् ।
३३ बर्षे शहजाद गत बर्ष नै चितवनमा आवद्ध थिए । तर त्यतिबेला कोेभिड–१९ महामारीका कारण इपिएपल स्थगित भएपछि उनले खेल्न पाएका थिएनन् । यद्यपि उनले यस बर्ष हुने चौथो संस्करणमा भने खेल्ने पक्का छ ।
अफगानिस्तानको आधुनिक क्रिकेटलाई नयाँ उचाईंमा पुर्याउन अहम भूमिका खेल्ने क्रिकेट खेलाडी मध्ये एक शहजादले यसअघि बंगलादेश, पाकिस्तान, युएई र अफगानिस्तान मै पनि फ्रेन्चाईज क्रिकेट खेलिसकेका छन् ।
आउँदो असोज ९ देखि २३ गतेसम्म हुने इपिएलको चौथो संस्करणमा चितवनसँगै विभिन्न शहरका कुल ६ फ्रेन्चाईज टोलीहरुले सहभागिता जनाउने छन् । जसमा साविक विजेता ललितपुर प्याट्रियटस, काठमाडौं किंग्स–११, पोखरा राईनोज, भैरहवा ग्लायडियटर्स र बिराटनगर वारियर्स रहेका छन् ।