बुटवल-विश्वभर कोरोना वाइरस ९कोभिड १९ ० को समस्या जारी रहेकै बेला अमेरिका स्थित इन्टरनेशनल तेक्वान्दो फ्रेन्डशिप च्याम्पियनशिप (आइओएफटिसी)ले आयोजना गरेको कोभिड अन्तर्राष्ट्रिय भिडियो पुम्से च्याम्पियनशिप २०२० मा माउन्ट एभरेष्ट एकेडेमी पुल्चोक बुटवलका ८ सहभागी मध्ये ६ जनाले पदक जितेका हुन । जसमध्ये २ जनाले स्वर्ण, २ जनाले रजत र २ जनाले काश्य पदक जितेका छन।
एक साता अघि पठाइएको भिडियोको नतिजा आज प्रकाशित भए अनुसार बुटवल का राष्ट्रिय तेक्वान्दो खेलाडी एवम प्रशिक्षक सुरज श्रेष्ठले सञ्चालन गरेको माउन्ट एभरेष्ट तेक्वोन्दो अकडेमीका खेलाडीहरु अर्पना भट्टराई तथा खुसी बराल ले स्वर्ण पदक जितेका हुन। उनीहरुले आफ्नो उमेर समुह र वेल्टमा स्वर्ण पदक जितेका हुन।
यसै गरि आयान कार्की र आशिश भटराईले रजत तथा सुहासी श्रेष्ठ र सरुन रजकले पनि आफ्नो उमेर समुहमा काश्य पदक जित्न सफल भए । प्रतियोगितामा विभिन्न १६ देशका खेलाडीको सहभागिता भएका मध्ये नेपालका १ सय १ जना खेलाडी सहभागी भएका थिए ।
यसै गरी २०२० जुलाई ३ देखी ५ लण्डन मा भएको वर्चुअल रेन्ज ओपेन पुम्से च्याम्पियनशिपमा भएको माउन्ट एभरेष्टका तीन जना खेलाडीहर मध्ये आशिश भट्टराइले अन्डर १४ पुम्सेतर्फ तेस्रो स्थान हसिल गर्न सफलता छन् । अनलाइन भिडियो मार्फत भाग लिएका उक्त प्रतियोगिताहरुमा लक डाउनको कारणले गर्दा बढी भन्दा बढी खेलाडिहरुलाई प्रतियोगितामा समाबेश गर्न नसकिएको तर पनि थोरै सहभागी खेलाडी हरु बाट आएको उत्कृष्ट परिणामले आफ्नो क्षेत्र र देशको नाम राख्न सफल हुँदा भबिस्यमा अझ राम्रो गर्ने हौसला मिलेको जानकारी प्रशिक्षक श्रेष्ठले दिए ।