काठमाडौं: साविक स्पेनिस ला लिगा विजेता एथ्लेटिको म्याड्रिड पुनः बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा एथ्लेटिको म्याड्रिड एथ्लेटिको बिल्वाओसँग गोल रहित बराबरी खेल्दै अंक बाँड्न बाध्य भएको हो ।
घरेलु मैदानमा भएको खेलमा एथ्लेटिको फिनिसिङमा चुक्दा शीर्ष स्थानमा अंक दूरी बढाउने अवसर गुमाएको छ । एन्टोइने ग्रिजमेन, एन्जल कोरेआ, सुइस सुआरेज, जोआओ फेलिक्स अग्रपंक्तिमा चुक्दा एथ्लेटिको अंक बाँड्न बाध्य भएको हो ।
खेलका ७८ मिनेटमा एथ्लेटिको म्याड्रिड १० खेलाडीमा सीमित भएको थियो । दोहोरो कार्ड ब्यहोर्दै जोआओ फेलिक्स मैदान छाडेका थिए ।
बराबरीसँगै एथ्लेटिको म्याड्रिड ५ खेलबाट ११ अंक बनाउँदै शीर्ष स्थानमा छ । बिल्वाओ भने ५ खेलबाट ९ अंक बनाउँदै पाँचौ स्थानमा छ ।
शनिबार राति नै भएका अन्य खेलमा एल्चे र लेभान्तेले १-१ को बराबरी खेल्दा ओसासुनाले डिपोर्टिभो अलाभेसलाई २-० गोल अन्तरले पराजित गरेकाे छ । यस्तै रायो भालेकानोले गेटाफेलाई ३-० गोल अन्तरले पराजित गरेकाे छ ।