काठमाडौं: स्पेनिस ला लिगामा अपराजित रियल म्याड्रिडले शीर्षस्थानमा २ अंकको अग्रता बनाएको छ । आइतबार राति भएको खेलमा १ गोलले पछि परेकाे अवस्थामा पुनरागमन गर्दै रियलले भ्यालेन्सियालाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
पहिलो हाफ बराबरीमा सकिएको अवस्थामा दोस्रो हाफमा घरेलु टोली भ्यालेन्सियाले ६६ मिनेटमा गोल गरेको थियो । भ्यालेन्सियाको लागि हुगो दुरोले गोल गरे ।
रियलले खेल सकिन ४ मिनेटमा रोमाञ्चक जित हासिल गर्याे । ८६ मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै खेल १–१ को अवस्थामा पुर्याए । ८८ मिनेटमा करिम बेन्जेमाले गोल गर्दै रियललाई महत्वपूर्ण तीन अंक दिलाए ।
जितसँगै ला लिगामा अपराजित रहेको रियलले ५ खेलबाट एक बराबरी सहित १३ रन जोडेर शीर्षस्थानमा २ अंकको अग्रता बनाएको छ । गएराति बराबरीमा रोकिएको एथ्लेटिको म्याड्रिडसँग समान ५ खेलबाट ११ अंक रहेको छ ।
रियलसँग पराजित भ्यालेन्सियाको ५ खेलबाट १० अंकसहित तेस्रो स्थानमा छ । भ्यालेन्सियाको यो पहिलो हार समेत हो । गएराति नै भएको अर्काे खेलमा इस्पान्योल र रियल बेटिसले २–२ गोलको बराबरी खेले ।