तिलोत्तमा । झरना स्पोर्टस क्लबको आयोजनामा यस क्षेत्रकै गरिमा बोकेको ३५ औँ झरना रनिङ्ग शिल्ड नकआउट फुटबल प्रतियोगिता आजदेखि शुरु भएको छ।
आज सम्पन्न समुद्घाटन खेलमा लिस्नु युवा क्लबले नवयुवा क्लब ठुटिपिपललाई १ का बिरुद्ध २ गोल गर्दै बिजयी भएको छ । बर्षात भएपछी केहि ढिलो शुरु भएको सो खेल अबधिभर दर्शकले निकै मनोरञ्जन लिए।
तिलोत्तमा नगरपालिका वडा नं ६ कुञ्जलापुर उमा आधारभूत बिद्यालयको खेल मैदानमा सम्पन्न खेलमा लिस्नु युवा क्लबले नवयुवा क्लब ठुटिपिपललाई पहिलो हाफमा १ गोल र त्यसपछि दोस्रो हाफमा १ गोल गरि १ का बिरुद्ध २ गोल गर्दै विजयी भएको हो ।
प्रतियोगिता अन्तर्गत भोली इन्टरस्पोर्ट्स क्लब बुटवल र बहुजातीय एकता समाज मडाहा बीच प्रतिस्पर्धा हुने आयोजकका तर्फबाट कोशाध्यक्ष धनेन्द्र पौडेलले जानकारी दिनुभयो। प्रतियोगिताको रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष तथा लोक पुनले उद्घाटन गर्नुभएको थियो ।
हरेक दिन दिउँसो ३ बजेदेखी शुरु हुने खेल हेर्न आउने महिला वृद्बद्धबृद्धा, अपाङ्गता भएका र असक्तलाई निःशुल्क प्रवेश दिइएको क्लबका कोषाध्यक्ष धनेन्द्र पौडेलको भनाइ छ ।