बुटवल । क्रिकेट शक्ति गौचनको स्टार क्रिकेट एकेडेमीको आयोजनामा आजदेखि रुपन्देहीमा जुनियर स्टार क्रिकेट लिग २०७९ शुरु हुने भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा देवदह ड्रागन र जिबिआईसिए सैनामैना खेल्ने छन ।
देवदहस्थित क्रिकेट मैदानमा हुने कारोलिनास रुपन्देही जुनियर स्टार क्रिकेट लिग २०७९ मा सिद्धार्थनगर वरियर्स, ओमसतिया स्टार्स, तिलोत्तमा टाईटन्स, बुटवल युनाईटेड, देवदह ड्रागन र जिबिआईसिए सैनामैना गरी ६ समूहले प्रतिष्पर्धा गर्नेछन् ।
मदन भण्डारी स्पोर्टस एकेडेमीबाट प्रतियोगिताको पुरस्कार तथा स्थानिय विद्यालयहरुबाट खेलाडीको ड्रेस सहयोग भएको शक्ति गौचनले बताउनुभयो । ४० ओभरको खेलमा खेलाडीहरुले ब्याटिङ र बलिङको प्रर्दशन गर्ने राम्रो अवसर पाउने छन् । स्थानीय पालिकाहरुबाट प्रत्येक समूहमा २० खेलाडीहरु छनौट गरिएको छ ।
प्रतियोगिताको उपाधि विजेता टिमले नगद २० हजार रुपैया, कप, मेडल,प्रमाणपत्र तथा उपविजेता टिमले नगद १० हजार रुपैया कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ भने विधागत रुपमा उत्कृष्ट खेलाडीहरुलाई समेत पुरस्कृत गरिने गौचनले जानकारी दिनुभयो । प्रतियोगिताको अनुमानित खर्च रु ५ लाख रुपैया रहेको छ ।