काठमाडौं । नेपाल र यूएईबीच एसीसी प्रिमियर कपको फाइनलको बाँकी खेल आज हुँदैछ । सोमबार कीर्तिपुरस्थित टीयू मैदानमा वर्षाका कारण फाइनल खेल प्रभावित बनेको थियो ।
दुई पटक वर्षाले प्रभावित खेलमा यूएईले ९ विकेट गुमाएर १०६ रन बनाउँदा खेल स्थगित भएको थियो ।
आज त्यहीबाट खेल पुन: सुरु हुनेछ । नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा आएको यूएई नेपाली बलरको उत्कृष्ट बलिङपछि लगातार विकेट गुमाएको थियो ।
यूएईले खेल रोकिनुअघि २७.३ ओभर खेल्दै ९ विकेट गुमाएर १०६ रन बनाएको थियो । २८औं ओभरमा नेपालका ललित राजवंशीले लगातार दुई विकेट लिँदा यूएई अलआउट नजिक पुगेको थियो ।