बुटवल । सयपत्री गोल्डकप नकआउट फुटबल प्रतियोगिताको बुधबार भएको दोस्रो खेलमा आयोजक सुनौलो संगम युवा क्लव देवीनगर विजयी भएको छ ।
रामनगरको खेल मौदानमा भएको निकौ प्रतिस्पर्धात्मक खेलमा सुनौलो युवा क्लवले पाँच नम्बर प्रदेश प्रहरी तालिम केन्द्रलाइ शुन्यका बिरुद्ध एक गोलले पराजित गरेको हो ।
खेल सुरु भएको १२ औ मिनेटमा सुनौलो संगम युवा क्लवका रञ्जित थापाले हेड मार्फत गरेको गोल नै निणार्यक बन्न पुग्यो । खेल सकिन मात्र ५ मिनेट बाकी छदा पाएको पेनाल्टीलाइ गोलमा पणिरत गर्न नसकेपछी प्रदेश प्रहरी तालिम केन्द्रले हार बेहोर्नु परेको हो ।
प्रदेश प्रहरी तालिम केन्द्रका अरुन गाहाले प्रहार गरेको पेनाल्टीलाइ सुनौलो संगमका गोल किपर युगल थापाले विफल पारिदिएका थिए ।
खेलमा सुनौलो संगम युवा क्लव देवीनगरका गोल किपर युगल थापा म्यान अफ द म्याच घोषित भए ।
प्रतियोगितामा बिहिबारकोे खेल फर्सा्टिकर यृवा क्लव र लिस्नु युवा क्लव कोटिहवाका बीच हुनेछ ।
प्रतियोगितामा विजेता हुने टिमले २ लाख २ हजार २ सय २२ रुपैया कप, मेडल प्रमाणपत्र प्रप्त गर्नेछन भने उपविजेता हुने टिमले १ लाख १ हजार १ सय ११ रुपैया कप, मेडल प्रमाणपत्र प्राप्त गर्नेछन ।
प्रतियोगितामा आयोजक सयपत्री युवाक्लव सहित नवलपरासी ११, पाल्पा ११, फर्सा्टिकर यृवाक्लव, पाँच नम्बर प्रदेश प्रहरी तालिम केन्द्र, अभिषेक चर्च ब्याईज रहजर, सुनौलो संगम युवाक्लव देविनगर, लिस्नु युवाक्लव कोटिहवा, चितवन ११, स्रिम्रिक युवाक्लव कालिकानगर, सिद्धार्थ युवाक्लव बासगढी, भैरव देशभक्त युवाक्लव नवलपरासी गरी १२ टिमको सहभागिता रहनेछ । खेल कार्तिक ३० गते सम्म सञ्चालन हुनेछ ।