काठमाडौँ । आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तरगत जिम्बावेमा जारी तेस्रो खेलमा नेपाल वेस्ट इन्डिजसँग पराजित भएको छ ।
जिम्बावेको हरारे क्रिकेट स्पोर्ट्स क्लबको मैदानमा भएको खेलमा नेपाल वेस्ट इन्डिजसँग एक सय एक रनले पराजित भएको हो ।
पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले जितका लागि नेपाललाई तीन सय ४० रनको विशाल चुनौती पेश गरेको थियो । ४९.४ ओभरमा अलआउट हुँदै नेपालले दुई सय ३८ रन मात्र बनाउन सक्यो ।