बुटवल– स्व. ज्ञान बहादुर गुरुङ स्मृति चौथो सयपत्री गोल्डकप नकआउट फुटबल प्रतियोगिता २०७६ अन्तरगत विहिबारको खेलमा फर्साटिकर युवा क्लब फर्साटिकर विजयी भएको छ । लिस्नु युवा क्लब कोटिहवालाई ३–२ गोल अन्तरले पराजित गर्दै फर्साटिकर दोस्रो चरणमा प्रवेश गरेको हो ।
रामनगर खेलमैदानमा भएको प्रतिस्प्रर्धात्मक खेलको तेस्रौ मिनेटमा फर्साटिकरका विवेक पुनले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर त्यो अग्रतालाई खेलको २५ औ मिनेटमा लिस्नुका गोबिन्द थापाले गोल गर्दै बराबरीमा ल्याए । पहिलो हाफ बराबरी खेलेको फर्साटिकरले दोस्रो हाफमा थप दुई गोल गरेको थियो । खेलको ५७ औ मिनेटमा फर्साटिकरका ध्रुव राई र ७० औ मिनेटमा टिकाराज गुरुङले गोल गरेका थिए । लिस्नुका क्याप्टेन निकेश गुरुङले एक गोल गरेका थिए । खेलमा लिस्नुका जितेश गुरुङ म्यान अफ दी म्यानबाट पुरस्कृत भएका थिए । शुक्रबार सिम्रिक युवा क्लब कालिकानगर र सिद्धार्थ युवा क्लब बाँसगढीका बिचमा खेल हुने सचिव सन्तोष गुरुङले बताए । कार्तिक ३० गतेसम्म संचालन हुने प्रतियोगितामा प्रतियोगितामा १२ टिमले भाग लिएका छन ।