काठमाडौं । नेपाल घरेलु मैदानमा टी–२० आई त्रिदेशीय सिरिजको उपाधि जित्न असफल भएको छ । त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा नेपाल नेदरल्याण्ड्ससँग ४ विकेटले पराजित भयो ।
जितका लागि पाएको १८५ रनको लक्ष्य नेदरल्याण्ड्सले खेल सकिन ३ बल बाँकी छँदा भेट्टायो । नेदरल्याण्ड्सका माइकल लेभिटले अर्धशतक पूरा गरे । लेभिटले २९ बलमा ६ चौका र ३ छक्काको सहयोगमा ५४ रन बनाएका थिए ।
स्याब्रान्ड एंगेलब्रेक्ट भने अर्धशतक पूरा गर्नबाट २ रनले चुके । २९ बलमा ४ चौका र ३ छक्का हानेका उनले ४८ रन बनाए ।
म्याक्स ओडाउड व्यक्तिगत २३ रनमा आउट भए ।
कुशल मल्लले ४ विकेट लिए पनि नेपाललाई जिताउन सकेनन् ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १८४ रन बनाएको थियो ।
नेपालका शीर्ष क्रममा ब्याटरले राम्रो प्रदर्शन गरे पनि पुछारका ब्याटर नेदरल्याण्ड्सका बलरसामु निरीह भए । जसले गर्दा नेपालले ठूलो स्कोर बनाउने मौका गुमायो ।
नेपालले २३ रन जोड्दा ३।३ ओरमा ओपनर कुशल भुर्तेल आउट भएका थिए । त्यसपछि आएका कप्तान रोहित पौडेल १९ बलमा २५ रन बनाउँदै आउट भएका हुन् ।
रोहितले ओपनर आसिफ शेखसँग तेस्रो विकेटका लागि ५९ रनकको साझेदारी गरेका थिए ।
त्यसपछि गुल्सन झा र आसिफले नेपालको इनिङ सम्हालेका थिए । आसिफ अर्धशतक पूरा गर्नबाट ३ रनले चुके । उनले ३७ बलमा १ चौका र ३ छक्का हानेका थिए ।
गुल्सन झाले ११ बलमा ३ छक्काको मद्दतमा २६ रन बनाए । पाँचौ नम्बरमा ब्याटिङमा आएका दीपेन्द्र सिंह ऐरीले १ रन मात्र बनाए । करण केसीले ९ रन बनाए भने आरिफ शेखले खाता नै खोल्न सकेनन् ।
((((((((((((((((((((((((((((((
घरेलु टिम नेपाललाई ४ विकेटले हराउँदै टी–२० आई त्रिदेशीय सिरिजको उपाधि नेदरल्यान्ड्सले जितेको छ ।
३५ लाखको चिनी र केराउ बरामद
हरि शर्मा
परासी, फागुन २३ । नवलपरासीमा ३५ लाख बराबरको चिनी र केराउन बरामद गरिएको छ । भारतबाट भन्सार छलेर अवैधरुपमा गोदाममा लुकाई राखेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल नं. २६ गण हे.क्वा. नवलपरासीले उक्त सामग्री बरामद गरेको हो ।
सुस्ता गाउँपालिका वडा नम्बर १ बरुवाबाट सोमबार राति उक्त सामग्री बरामद भएको गणका प्रमुख एसपी प्रकाश वाग्लेले जानकारी दिए । बरामद भएका सामग्रीमा ४० क्विन्टल चिनी र ३८० क्विन्टल हरियो केराउ रहेका छन् । सुस्ता र प्रतापपुर गाउँपालिकाका सीमा नाकाबाट केही दिनदेखि जीप, मोटरसाइकल र साइकलबाट ओसारपसार गरी गोदाममा राखेको भन्ने सूचनाका आधारमा उक्त सामग्री बरामद गरेको एसपी वाग्लेले बताए । स्थानीय श्याम भनिने ज्ञानप्रसाद अर्यालको घर पछाडी रहेको गोदामबाट २५ केजी दरका १५७ बोरा चिनी र ३० र ५० केजीका १२५० बोरा केराउ बरामद भएको हो । अवैध सामग्री कस्को हो भन्नेबारे अनुसन्धान भइरहेको एसपी वाग्लेले बताएकाछन् ।‘राति भएकाले व्यक्ति पहिचानभन्दा पनि सामान बरामदतर्फ लाग्यौं । गोदाम रहेको जग्गा ज्ञानप्रसादले भाडामा दिएको भन्ने बुझिएकाले सम्बन्धित व्यक्तिलाई पनि पहिचान गर्ने काम भइरहेको छ ।’ एसपी वाग्लेले भने । बरामद भएको सामग्री आवश्यक कारबाहीका लागि महेशपुर भन्सार पठाइएको छ । सशस्त्र प्रहरीले बरामद गरेर पठाएको चिनी र केराउको मूल्य ३५ लाख बराबरको रहेको भन्सार प्रमुख बुद्धिबहादुर चुँडालले बताए ।
भारतमा भन्दा नेपालमा महंगो भएकाले सीमावर्ती नाकाबाट अवैधरुपमा चिनी र केराउन भित्राउने गरिएको छ । सीमावर्ती क्षेत्रमा सशस्त्र र नेपाल प्रहरीका चौकी र पोष्ट भएपनि तिनै नाकाबाट ठूलो मात्रामा अवैध सामग्री भित्रिने गरेका हुन् । स्थानीयले तस्करी गरेर राखेका सामग्रीको सूचना दिएपनि सीमावर्ती नाकाका दुवै निकायका प्रहरीले वास्ता नगर्ने गरेको गुनासो गर्दै आएका छन् । सूचनाका आधारमा १५ दिन पहिले सरुवा भएर आएका सशस्त्र प्रहरीका एसपी वाग्लेले ठूलो परिमाणको अवैध सामग्री बरामद गरेका हुन् ।