काठमाडौं । त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको फाइनलमा पपुवा न्युगिनी ९पीएजनी० सँगको खेलमा नेपालले टस जितेको छ ।
हङकङको मिसन रोड ग्राउन्ड मोङ कोकमा टस जितेर नेपालका कप्तान रोहित पौडेलले पहिला बलिङ गर्ने निर्णय लिएका छन् । हिजो भएका खेलमा नेपालले पीएनजीलाई र पीएनजीले घरेलु टोली हङकङलाई हराउँदै फाइनलमा पुगेको हो ।
पीएनजीले हिजो दुई खेल खेलेको थियो । पहिलो खेलमा नेपालसँग हारेको पीएनजीले दोस्रो खेलमा हङकङलाई १० विकेटले हराएको थियो । यसअघि नेपाल र हङकङबीच आइतवार भएको पहिलो खेल वर्षाले स्थगित भएपछि एकरएक अङ्क बाँडिएको थियो ।
यसैबीच शृङ्खलाको तेस्रो स्थानका लागि भएको खेलमा हङकङले हङकङ ुएु टोलीलाई ७० रनले हराएको छ । हङकङले दिएको २ सय ३६ रनको लक्ष्य पछ्याएको हङकङ ुएु टोलीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६५ रनमात्र बनाउन सक्यो ।