काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणका लागि मिनि अक्सन सम्पन्न भएको छ। शनिबार राति काठमाडौँमा अक्सन सम्पन्न भएको हो। जसमा ८ फ्रेन्चाइजले ३७ खेलाडी किनेका छन्। यो अक्शनमा सर्वाधिक खर्च गर्ने टिमका रुपमा चितवन राइनोज रहँदा सर्भादिक कम खर्चिलो टिम पोखरा बन्यो।
अक्सनका लागि १६४ खेलाडीमा बोली लाग्दा केबल ३७ खेलाडी मात्र फ्रेन्चाइज टिममा अनुबन्दित भए। विभिन्न टोलीले आ-आफ्नो आवश्यकता अनुसार खेलाडीहरू अनुबन्ध गरेका छन्। जसमा केही खेलाडीले सर्वाधिक मूल्य पाउँदा केही आफ्नो बेस प्राइसमा बिक्न सफल भए।
अक्सनपछि अब विदेशी खेलाडीको मात्र टुंगो लाग्न बाँकी छ। धेरै टिमले आफ्नो जितको आधार विदेशी टिम हुन सक्ने मान्ने गरेकाले विदेशी खेलाडीका लागि क्लबहरुले सकेको बलियो नामलाई भित्र्याउने प्रयास गर्ने छन्।
जनकपुर बोल्ट्स (१९ लाख ७५ हजार)
गत संस्करणको च्याम्पियन जनकपुर पहिलो संस्करणमा निकै बलियो देखिएको थियो। उसले अघिल्लो सिजनका मार्की र कप्तानसहित कुल ७ खेलाडीलाई रिटेन गरेको थियो। अघिल्लो सिजनका मार्की आसिफ शेख, कप्तान अनिल साह, शुभ कंसाकार, किशोर महतो, ललित राजवंशी, तुलबहादुर थापामगर र रुपेश सिंहलाई टोलीले रिटेन गरेको थियो।
अक्सनबाट जनकुरले १९ लाख ७५ हजार खर्चिँदै सचिन भट्ट, आदित्य महता, मयन यादव अनुबन्ध गर्दा विश लिस्टबाट विकाश आग्रीलाई अनुबन्ध गर्यो।
जनकपुरको टोली: आसिफ शेख, अनिल साह, शुभ कंसाकार, किशोर महतो, ललित राजवंशी, तुलबहादुर थापामगर, रुपेश सिंह, सचिन भट्ट, आदित्य महता, मयन यादव, विकाश आग्री
सुदूरपश्चिम रोयल्स (२४ लाख)
गत सिजनको उपविजेता टोली सुदूरपश्चिमले गत सिजनका स्टार तथा मार्की खेलाडी कप्तान दिपेन्द्रसिंह ऐरीसहित विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहरा, ईशान पाण्डे र नरेन साउदलाइ रिटेन गरेको थियो। अक्सनबाट २४ लाख खर्चिएर हेमन्त धामी, टेकबहादुर रावत, दिपेश थापा अनुबन्ध गर्दा विश लिस्टबाट दिपक बोहरा र मिलन बोहरा अनुबन्ध गर्यो ।
सुदूरपश्चिमको टोली: दिपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहरा, ईशान पाण्डे, नरेन साउद, हेमन्त धामी, टेकबहादुर रावत, दिपेश थापा, दिपक बोहरा र मिलन बोहरा
कर्णाली याक्स (२९ लाख)
गत सिजन दोस्रो क्वालिफायरसम्म पुगेर तेस्रो स्थान हासिल गरेको कर्णाली याक्सले मार्की खेलाडी सोमपाल कामीसहित गुल्शन झा, नन्दन यादव, अर्जुन घर्ती, दिपेन्द्र रावत, बिपिन प्रसाद शर्मा र युनिशविक्रमसिंह ठकुरीलाई रिटेन गर्दा अक्सनमा २९ लाख खर्चिएर पवन सर्राफ, इमरान शेख, दीपक डुम्रे र युवराज खत्री अनुबन्ध गर्यो।
कर्णालीको टोली: सोमपाल कामी, गुल्शन झा, नन्दन यादव, अर्जुन घर्ती, दिपेन्द्र रावत, बिपिन प्रसाद शर्मा, युनिशविक्रमसिंह ठकुरी, पवन सर्राफ, इमरान शेख, दीपक डुम्रे र युवराज खत्री
चितवन राइनोज (३९ लाख खर्चियो)
गत संस्करणमा एलिमिनेटर चरणमा कर्णाली याक्ससँग पराजित भएर चौथो भएको चितवन राइनोजले मार्की खेलाडी तथा कप्तान रहेका कुशल मल्लसहित रिजन ढकाल, कमलसिंह ऐरी, दीपक बोहरा, अमरसिंह राउटेला र गौतम केसीलाई दोस्रो संस्करणमा रिटेन गरेको थियो।
उसले अक्सनमा सबैभन्दा धेरै अर्थात ३९ लाख खर्चिएर देव खनाल, अर्जुन साउद अनुबन्ध गर्दा बिपिन रावल, बिपिन आचार्य र रन्जित कुमारलाई विशलिस्टबाट अनुबन्ध गर्यो।
चितवनको टोली : कुशल मल्ल, रिजन ढकाल, कमलसिंह ऐरी, दीपक बोहरा, अमरसिंह राउटेला, गौतम केसी, देव खनाल, अर्जुन साउद, बिपिन रावल, बिपिन आचार्य र रन्जित कुमार
काठमाण्डु गुर्खाज (३७ लाख)
पहिलो संस्करण पाँचौं स्थानमा रहेर टुंग्याएको काठमाण्डुले मार्की तथा कप्तान करण केसीसहित भीम सार्की, दिपेश कँडेल, शाहब आलम, प्रतिक श्रेष्ठ र राशिद खानलाई रिटेन गरेको थियो।
उसले अक्सनबाट ३७ लख खर्चिएर उत्तम थापा मगर, तुलबहादुर थापा, सन्तोष यादव, आकाश त्रिपाठी र आदिल आलम अनुबन्ध गर्यो।
काठमाडौँको टोली: करण केसी, भीम सार्की, दिपेश कँडेल, शाहब आलम, प्रतिक श्रेष्ठ, राशिद खान, उत्तम थापा मगर, तुलबहादुर थापा, सन्तोष यादव, आकाश त्रिपाठी र आदिल आलम
विराटनगर किङ्स (२७ लाख खर्चियो)
विराटनगर पहिलो सिजन गतिलो प्रदर्शन गर्न असफल हुँदा छैटौं स्थानमा रहेर प्रतियोगिता सकाएको थियो। उसले स्टार लेगस्पीनर तथा मार्की सन्दीप लामिछानेसहित लोकेश बम, प्रतिश जिसी, बसिर अहमद, नरेन भट्ट र सुवास भण्डारीलाई टोलीले रिटेन गर्दा अक्सनमा २७ लाख खर्चिएर सूर्य तामाङ, साहिल पटेल र नारायण जोशी अनुबन्ध गर्दा विश लिस्टबाट शर्वन किस्कु र शंकर राना अनुबन्ध गर्यो।
विराटनगरको टोली : सन्दीप लामिछाने, लोकेश बम, प्रतिश जिसी, बसिर अहमद, नरेन भट्ट, सुवास भण्डारी, सूर्य तामाङ, साहिल पटेल, नारायण जोशी, शर्वन किस्कु र शंकर राना
पोखरा एभेन्जर्स (११ लाख खर्चियो)
पोखरा एभेन्जर्सले मिनि अक्सनमा सर्वाधिक कम खर्च गर्ने टिमका रुपमा रह्यो। उसले यसअघिनै मार्की खेलाडी कुशल भुर्तेलसहित दिनेश खरेल, बिपिन खत्री, सागर ढकाल, किरण ठगुन्ना, आकाश चन्द र तृतराज दासलाइ रिटेन गरेको थियो।
अक्सनबाट पोखराले ११ लाख खर्चिएर अभिषेक तिवारी, अर्जुन कुमाल, कृष्ण पौडेल अनुबन्ध गर्दा विश लिस्ट बाट सन्दीप खत्री क्षेत्री अनुबन्ध गर्यो।
पोखराको टोली: कुशल भुर्तेल, दिनेश खरेल, बिपिन खत्री, सागर ढकाल, किरण ठगुन्ना, आकाश चन्द, तृतराज दास, अभिषेक तिवारी, अर्जुन कुमाल, कृष्ण पौडेल, सन्दीप खत्री क्षेत्री
लुम्बिनी लायन्स (३२ लाख खर्चियो)
लुम्बिनीले मिनि अक्सनमा यो पटक केही लगाव देखायो। गत सिजनका मार्की तथा कप्तान रोहित पौडेलसँगै सन्दीप जोरा, विवेक यादव, तिलकराज भण्डारी, अभिशेष गौतम र दिनेश अधिकारीलाई रिटेन गरेको उसले ३२ लाख खर्चिएर अक्सनबाट दिलिप नाथ, विशाल पटेल र शेर मल्ललाई अनुबन्ध गर्दा विश लिस्ट बाट दुर्गेश गुप्ता र आदिल खान अनुबन्ध गर्यो।
लुम्बिनीको टोली: रोहित पौडेल, सन्दीप जोरा, विवेक यादव, तिलकराज भण्डारी, अभिशेष गौतम, दिनेश अधिकारी, दिलिप नाथ, विशाल पटेल, शेर मल्ल, दुर्गेश गुप्ता र आदिल खान