काठमाडौं । बंगलादेशमा जारी एसीसी इमर्जिङ एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तान इमार्जिङ टोली फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको खेलमा पाकिस्तानले भारतलाई तीन रनले पराजित गरेको हो ।
पहिले ब्याटिङ गरेको पाकिस्तानले दिएको २६७ रनको लक्ष्य भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै मात्र २६४ रन बनाउँन सक्यो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २६७ रन बनाएको थियो ।
पाकिस्तानले अब फाइनल खेलमा बंगलादेश र अफगानिस्तानबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।