काठमाडौं । १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा नेपालकी सोनी गुरुङ्गले स्वर्ण पदक जितेकी छन् । सोमबार पोखराको फेवातालमा भएको खेलमा ट्रायथलनको इलाइट स्प्रिन्ट प्रतिस्पर्धामा नेपालकी सोनीले स्वार्ण जितेकी हुन् ।
उनले श्रीलङ्कका र भारतका खेलाडीलाई पछि पार्दै स्वर्ण पदक जित्न सफल भएकी हुन् । त्यस्तै पुरुषतर्फ नेपालका वसन्त थारुले रजत पदक जिते ।