काठमाडौँ- नेपालमा आयोजित दक्षिण एसियाली खेलकुद-सागको १३औ संस्करणमा नेपालले पुरुषतर्फको स्वर्ण पदक जितेको छ।
१३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत त्रिपुरेश्वस्थित दशरथ रंगशालामा पुरुष फुटबलको फाइनलमा नेपालले भुटानविरुद्ध २–१ को जित निकालेको हो ।
नेपालका लागि १५ औँ मिनेटमा अभिशेक रिजालले गोल गरेका थिए। तर भुटानका लागि ३६ औँ मिनेटमा चेन्चो ग्ल्याजेनले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।
खेलको ५३ औँ मिनेटमा सुनिल बलले गोल गर्दै नेपाललाई फेरी अग्रता दिलाएका थिए।
नेपालले यसअघि सन् १९९३ मा फुटबलतर्फ स्वर्ण जितेको थियो । त्यसपछि सन् २०१६ मा भारतको गुहाटीमा भएको फाइनलमा नेपालले घरेलु टोलीलाई हराउँदै उपाधि उचालेको थियो ।