बुटवल–रुपन्देहीको सैनामैना नगरपालिका ७ लम्टैयामा बन्न लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला तयार भएपछि राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलकुद प्रतियोगिता हुनेछन्। यो नेपालकै ठूलो रंगशाला बन्ने दाबी गरिएको छ।
डिपीआर बनाउँदा रंगशालामा प्रतियोगिता भइरहेको झलक पनि राखेर थ्री डी भिडियो तयार गरिएको छ।
खेल सञ्चालन हुँदा मुख्य गेटबाट भइरहेको ओहोर दोहोर, झण्डा फहराइएको, मैदानमा बलिङ र ब्याटिङको दृष्य, दर्शकहरुको हुटिङ पनि देखाइएको छ।
दिनमा मात्र नभई रातीमा बत्तीको उज्यालोमा हुने प्रतियोगिताको झलक पनि थ्रिडी भिडियोमा देख्न सकिन्छ।
त्यसबाहेक रंगशाला भित्रको चेन्जिङ रुम, लाउन्ड एरिया, जिम सेन्टरलाई पनि भिडियोमा प्रस्तुत गरिएको छ।