दाङ–लमहीमा प्रधानमन्त्री कप महिला राष्ट्रिय खेलकुद (टि–ट्वान्टी) क्रिकेट प्रतियोगिता सुरु भएको छ । पहिलो खेल लुम्बिनी प्रदेश र प्रदेश नम्बर २ काे बिचमा सुरु भएको हाे । टस जितेर लुम्बिनी प्रदेशले फिल्डिङ राेजेकाे हाे । लुम्बिनी प्रदेशकि टिम क्याप्टेन नेरि थापा र दुई नम्बर प्रदेशकी क्याप्टेन सरस्वती चाैधरीकाे बिचमा टस गराइएको थियाे । थापाले टस जितेपछि फिल्डिङ राेजेकी हुन ।
देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने प्रतियोगिताको पहिलो दिन शनिबार दुई खेल हुनेछ ।
उद्घाटन खेलमा लुम्बिनी प्रदेशले प्रदेश २ को सामना गर्दै छ । दिउँसो १ बजे हुने दोस्रो खेलमा डिफेन्डिङ च्याम्पियन विभागीय टोली एपीएफले कर्णाली प्रदेशको सामना गर्नेछ ।
प्रतियोगितामा ७ प्रादेशिक टोलीसँगै विभागीय टोली एपीएफको सहभागिता रहने छ । जसलाई दुई समूहमा विभाजन गरिएको छ ।
जस अन्तर्गत समूह ‘ए’ मा एपिएफ, प्रदेश नम्बर २, कर्णाली र लुम्बिनी प्रदेश रहेका छन् । समूह ‘बी’ मा सुदूरपश्चिम, बागमती, गण्डकी र प्रदेश नम्बर १ रहेको छ ।
यसरी समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । सेमिफाइनलका दुवै खेल १८ गते हुनेछ । भने प्रतियोगिताको फाइनल खेल १९ गते हुनेछ ।
प्रतियोगिताको विजेताले नगद रु ५ लाख प्राप्त गर्नेछ । भने उपविजेता टोलीले रु ३ लाख, त्यसैगरी सेमिफाइनलबाट बाहिरिएका दुई टोलीले समान २५ हजार प्राप्त गर्नेछन् ।
यस्तै विधागततर्फ सर्वोउत्कृष्ट खेलाडीले २१ हजार, उत्कृष्ट ब्याटरले १० हजार, उत्कृष्ट बलरले ५ हजार र हरेक खेलका प्लेयर अफ द म्याचले २ हजार प्राप्त गर्नेछन् ।