दाङ । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट टि–२० प्रतियोगिताको पहिलो खेलमा प्रदेश नं २ ले लुम्बिनी प्रदेशलाई ७८ रनको लक्ष्य दिएको छ । लमहीको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको प्रदेश नं २ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ७७ रन बनायो ।
प्रदेश २ का लागि ओपनर सना प्रविन र अनु चौधरीले सर्वाधिक २१÷२१ रनको योगदान दिए ।
फास्ट बलर सुस्मिता भुसालले पहिलो ओभरको चांैथो बलमा मेलिना रायमाझीलाई शून्य रनमा बोल्ड आउट गरेकी थिइन् । चौंथो ओभरको पाँचौ बलमा स्वस्तिका बजगाईंले गोमा आलेलाई ३ रनमा एलबिडब्लू आउट गरिन् । सुस्मिताले पाँचौ ओभरको चौथो बलमा कप्तान सरस्वती चौधरीलाई विकेटकिपर नितु भण्डारीबाट क्याच आउट गराएकी थिइन् ।
स्पिनर गिता गोसाईको १३ औं ओभरको चौंथो बलमा अघि सरेर सट खेल्नेक्रममा ब्याट्सम्यान अनुराधा विकेटकिपर नितुबाट स्टम्पिङ हुन पुगेकी थिइन् । उनले ४१ बलमा १ चौका प्रहार गरिन् । १९ आंै ओभरको अन्तिम बलमा बिमला मगरलाई सुस्मिताले १० रनमा एलबिडब्लू आउट गरिन् । उनले १४ बलमा १ चौका प्रहार गरिन् ।
लुम्बिनीकी सुस्मिता भुषालले ४ ओभरमा १० रन खर्चेर ३ विकेट लिइन् । स्वस्तिका बजगाईंले ४ ओभरमा १७ रन खर्चेर १ विकेट लिइन् । स्पिनर गिता गोसाईको नाममा १ विकेट लिन् । अहिले लुम्बिनी प्रदेशले ब्याटिङ गरिरहेको छ ।
पूर्वाधार विकासमा अझैं ध्यान दिन्छौं ।
प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उद्घाटन लमही नगरपालिकाका नगर प्रमुख कुलबहादुर केसीले गरे । नेपाल क्रिकेट संघ लुम्बिनी प्रदेशका अध्यक्ष दुर्गाबहादुर थापाको अध्यक्षतामा भएको खेलको नगर प्रमुख केसीले उद्घाटन गर्दै खेल पूर्वाधार निर्माणमा अझैं ध्यान दिने बताए । क्रिकेट खेलको विकासमा अतुलनिय योगदान पु¥याएको भन्दै नगर प्रमुख केसीलाई दोसल्ला ओढाएर सम्मान गरियो ।