दाङ- प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोस्रो दिन आइतबारको पहिलो खेल मौसमका कारण ढिला सुरु भएको छ । जसले गर्दा खेलको अवधि पनि छाेट्याइएकाे छ । कुहिरो लागेपछि खेल ढिलो सुरु भएको हो।
२० ओभरको खेललाई छोट्याएर १३ ओभरमा झारिएको नेपाल क्रिकेट संघ(क्यान)ले जनाएको छ। बिहान ९ बजे बाट सुरु हुनुपर्ने खेल १०ः५५ बाट सुरु भएको हो । आजको पहिलो खेल लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका बिचमा हुदै छ । टस जितेर कर्णाली प्रदेशले ब्याटिङ रोजेको छ ।
शनिबार लुम्बिनी प्रदेशले प्रदेश नम्बर २ लाई हराएको थियो । यस्तै कर्णाली प्रदेश एपीएफ संग हिजो पराजित भएको थियो । आजको दोस्रो खेल एपीएफ र प्रदेश नम्बर २ का बिचमा हुने छ ।