दाङ । लमहीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिको लागि प्रदेश १ र विभागिए समुह एपिएफको बिचमा अहिले खेल जारी छ । टस जितेर प्रदेश १ ले व्याटिङ्ग रोजेको हो ।
अहिले सम्म प्रदेश १५ ओभर खेल्दै ६९ रन पु¥याएको छ । दुई विकेटको क्षतिमा प्रदेश १ ले ब्याटिङ गरिरहेको हो । साविक विजेता एपिएफले यसपालिको पनि उपाधि हात पार्ने अठोटमा छ भने, प्रदेश १ नयाँ बिजेता बन्ने लक्ष्यका साथ मैदानमा छ । फाइनल खेलले दर्शक पाएको छ । पारिलो घाममा क्रिकेट खेलको मजा लिन दर्शक लमही क्रिकेट मैदानमा पुगेका छन् ।
सबै तस्विरहरु: दशरथ घिमिरे ।