बुटवल । इंग्लिस प्रिमियर लिग फुटबलमा आज (आइतवार) दुई ठुला क्लब लिभरपुल र म्यानचेस्टर युनाईटेड भिड्दै छन् । लिभरपुलले घरेलु मैदानमा युनाईटेडको सामना गर्न लागेको हो । दुई टिमबीचको खेल नेपाली समय अनुसार राति १०ः१५ बजे शुरु हुनेछ ।
यी दुई क्लबबीचको भिडन्तलाई एल क्लासिको(रियाल मड्रिड भर्सेज बार्सिलोना) र च्याम्पियन्स लिगभन्दा पनि धेरै दर्शकले हेर्ने खेलको रुपमा लिइन्छ । आजपनि दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछन् ।
म्यानचेस्टर युनाइटेडले जितेमा पहिलोस्थानमा लिभरपुलभन्दा ६ अंकले अगाडि हुनेछ । लिभरपुलले जितेमा भने दोस्रो स्थानबाट पहिलो स्थानमा उक्लने छ, त्यो पनि मात्र फरक गोलसंख्याको आधारमा ।
हाल युनाईटेड १७ खेलमा ३६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । लिभरपुल ३३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
नर्वेली प्रशिक्षक ओले गनः सोल्सायर म्यान्चेस्टर आएपछि निकै आसा बढाएका छन् । यस बर्ष लिभभरपुल र म्यानचेस्टर सिटीलाई म्यानचेस्टर युनाइटेडले प्रिमियर लिग उपाधीका लागि निकै कडा टक्कर दिइरहेको छ ।