चर्चित इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिताको १३औं संस्करणमा दिनमा केवल एक खेल मात्र हुने भएको छ ।
यहि आउँदो २९ मार्चदेखि शुरु हुन गईरहेको आइपिएलको १३औं संस्करणमा अब एक दिनमा एक खेल मात्र हुनेछ । यसअघिका संस्करणहरुमा दिनमा २ खेलसम्म हुने गरेका थिए ।
यो नयाँ निर्णयसँगै यस सिजन आइपिएलको अवधि पनि थप ६ दिन बढ्ने भएको छ । साथै प्रतियोगिता अब ५७ दिनसम्म चल्नेछ ।
स्रोतका अनुसार अहिलेसम्म प्रतियोगिताको पूरा खेलतालिका सार्वजनिक नभएतापनि फाइनल खेल २४ मे मा हुने तय भईसकेको छ । साथै उद्घाटन खेल मुम्बई स्थित वानखेडे स्टेडियममा हुनेछ ।
साथै आइपिएलका सबै खेलहरु बेलुका भारतीय समयअनुसार ७ः ३० बजे शुरु हुनेछ । अर्थात, नेपाली समयअनुसार खेलहरु ७ः ४५ बजेदेखि शुरु हुनेछन् ।