बुटवल- पावर लिफटिङका राष्ट्रिय खेलाडी रुप कार्कीको निधन भएको छ। रुपन्देहीको तिलोत्तमा नगरपालिका भलवारी निवासी ५२ वर्षिय कार्कीको ह्दयघातका कारण मृत्यू भएको हो। स्वास्थ्यमा समस्या देखीएपछि बुटवलको गौतमबुद्ध मुटु अस्पताल लगिएको थियो। थप उपचारको लागि काठमाण्डौ लैजाने क्रममा बाटोमै मृत्यु भएको परिवारिक श्रोतले जनाएको छ।
कार्कीले अन्तराष्ट्रिय पावर लिफटिङमा सन २०१७ र २०१९ मा गरी २ पटक स्वर्ण पदक जितेका थिए। अमेरिकाको भर्जिनिया राज्यमा वसोवास गरिरहेका कार्की गत ४ महिना देंखि नेपाल आई विंभिन्न जिल्लामा गई नेपालीहरुलाई पावर लिफटिङ सिकाइरहेका थिए।