बाँके । बाँकेको खजुरामा यही माघको २२–२४ सम्म योगिनी कप अन्तर क्लब पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।
योगिनी युवा क्लब र रङ्गशाला नेपाल मिडिया प्रा.लीद्वारा संयुक्तरुपमा आयोजना हुने सो प्रतियोगितामा न्यू एभरेष्ट डिस्लरी प्रा.लीले सह–प्रायोजन गर्ने छ ।
कल्बका अध्यक्ष तरिन्द्र थापा र सो प्रा.लिका अध्यक्ष रविन्द्रमान श्रेष्ठबीच आइतबार नेपालगञ्जमा सह–प्रायोजन सम्झौता पत्रमा हस्ताक्षर भयो । प्रतिभावान खेलाडी उत्पादन गर्दै आन्तरिक पर्यटन प्रर्वद्धन गर्ने ध्येयले प्रतियोगिता आयोजना गर्न लागेको मिडिया प्रा.लीका अध्यक्ष कमल खत्रीले जानकारी दिए ।
खजुरा गाउँपालिका–२ गौघाटमा आयोजना हुने प्रतियोगितामा स्थानीय १२ कल्बले प्रतिष्प्रर्धा गर्नेछन् । प्रतियोगिताको विजेतालाई २१ हजार र उपविजेतालाई १० हजार सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ ।
यसैगरी विधागतरुपमा उत्कृष्ट खेलाडीलाई नगदसहित पुरस्कृत गरिने आयोजकले बताएका छन् । रासस