बुटवल । तेस्रो राष्ट्रिय बुटवल मेयर कप अण्डर १८ टेबल टेनिस प्रतियोगिता २०७७ को उपाधि छात्रतर्फ एपिएफका संयोग कपाली र छात्रातर्फ आर्मीकी दिया देउलाले हात पारेका छन् ।
रुपन्देही जिल्ला टेबल टेनिस संघको आयोजनामा देविनगर ओलिपथस्थित कोर्टमा भएको फाईनलमा एपिएफकै बोधित डिसिलाई पराजित गर्दै उपाधि हात पारेका हुन् ।
यसैगरि छात्रातर्फ आर्मीकी दीक्षा दाहाललाई पराजित गर्दै आर्मीकै दिया देउलाले उपाधि हात पारेकी हुन्। यसैगरि प्रतियोगितामा छात्रतर्फ सुनसरीका अनमोल बिक र एपिएफका विशाल गोले तेस्रो भए । छात्रातर्फ भने एपिएफकी ईभाना थापा र बियंका राई तेस्रो भएकी छिन् । प्रतियोगितामा उपाधि विजेता, उपविजेता र तृतिय स्थान हासिल गर्ने खेलाडीलाई नगद २५ हजार, १५ हजार र ५÷५ हजार रुपैया, कप, मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिएको थियो ।
यसैबिच एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदी, खेलकुद विकास समितिका अध्यक्ष नन्दु काउचा, संघका प्रमुख सल्लाहकार अर्जुनमान सैजु, साउथ एशियन टेबल टेनिस फेडेरेसनका महासचिव तथा पुर्व मुख्य प्रशिक्षक शंकर गौतम, राखेपका वरिष्ठ मुख्य प्रशिक्षक संजिव ढुगेल, राष्ट्रिय रेफ्री नर बहादुर क्षेत्री, संघका सल्लाहकार कृष्ण कुमार श्रेष्ठ, अध्यक्ष सुरेन्द्र कुमार शाक्य, सचिव महेश खनालले खेलाडीहरुलाई शुभकामना दिएका थिए। प्रतियोगितामा ९६ जना खेलाडी सहभागीता रहेको उनले बताए।