विदेशी कोटाबाट ‘द हन्ड्रेड’को ड्राफ्टमा परेका खेलाडिको न्यूनतम मूल्य १ लाख २५ हजार पाउण्ड र एक लाख पाउण्ड ताेकिएकाे छ।
एक लाख पाउण्डको ड्राफ्टमा सन्दीपसँगै ग्लेन म्याक्सवेल, आन्द्रे रसेल, हरभजन सिंह, राखिद खान, शाकिब अल हसन लगायतका क्रिकेटर रहेका छन् भने १ लाख २५ हजार पाउण्डको ड्राफ्टमा क्रिस गेल, स्टिभ स्मिथ, मिचल स्टार्क, डेविड वार्नर, क्वीनटन डि कक लगायतका खेलाडि छन्।