भैरहवा- भैरहवाको सिद्धार्थ क्रिकेट रंगशालामा २४ वर्ष पछि डे-नाइट क्रिकेट प्रतियोगिता शनिबार हुन लागेको छ । रंगशालामा दोस्रो पटक डेनाइट क्रिकेट प्रतियोगिता हुन लागेको हो। यस अघि २०५३ सालमा मेलवर्न क्रिकेट क्लबको आयोजनामा डे नाइट प्रतियोगिता भएको थियो । शनिबार लियो क्लब अफ सिद्धार्थनगरले १२ वटा बैकहरुको सहभागितामा १२ औँ लियो कर्पोरेट सुपर सिक्स डेनाइट क्रिकेट प्रतियोगिता आयोजना गर्न लागेको छ।
प्रतियोगितामा तिनाउ विकास बैंंक, नबिल बैंक, एनएमबी बैकं, नेपाल इन्भेष्टमेन्ट बैंक, लक्ष्मी बैक, सिद्धार्थ बैक, ग्लोबल आइएमई बैक, महालक्ष्मी बैक, शाइन रेसुङ्गा बैक, कृषि विकास बैक, मुक्तिनाथ बैक र आइसिएफसी बैंक गरी १२ टिमको सहभागीता रहने आयोजक लियो क्लब अफ सिद्धार्थनगरका अध्यक्ष समिर पौडेलले बताए।
सहभागी टिमलाई ४ समूहमा विभाजन गरि लिग चरणमा प्रतियोगिता आयोजना हुनेछ। समूहको उत्कृष्ट ४ वटा टिम बिच उपविजेता र विजेताको प्रतियोगिता नकआउट चरणबाट हुने छ । प्रतियोगिता आईसीसी सुपर सिक्स टुर्नामेन्टको नियम अनुसार क्रिकेट एसोसिएसन अफ रुपन्देहीको प्रविधिक सहयोग र समन्वयमा हुने प्रतियोगिताका संयोजक सन्देश केसीले जानकारी दिए।‘भैरहवाको इतिहासमा २४ वर्ष पछि डेनाइट प्रतियोगिता गराइदै छ। फिल्ड खाली नभएकोले नयापन दिनका लागि पनि डेनाइट प्रतियोगिता आयोजना गर्न लागेका छौ ।’ उनले भने ।
लायन्स क्लब अफ भैरहवा लुम्बिनीको मुख्य प्रायोजन तथा बज अटो मोबाइल्स, एकारा एजुकेशन कन्सल्टेन्सी, एयरर्पोट भ्यु रेष्टुरेन्ट र आइडियल डिजाइन कन्स्ट्रक्शनले सह–प्रायोजनमा प्रतियोगितिा हुन लागेको हो। भैरहवा टिभी मिडिया पार्टनर रहेको सो प्रतियोगिताको विजेताले २० हजार, उपविजेताले १० हजार र म्यान अफ द सिरिजले नगद ५ हजार रुपैया सहित प्रमाण्पत्र, ट्रफी पाउने छन ।