भैरहवा । भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिताको सोमबारको खेल न्यू होराइजन क्रिकेट क्लबले जितेको छ ।
रुपन्देही क्रिकेट संघको आयोजनामा सिद्धार्थ रंगशालामा भएको डिभिजन ए अन्तर्गतको खेलमा तिलोत्तमा क्रिकेट क्लबलाई ७४ रनले पराजित गर्दै न्यू होराइजनले खेल जितेको हो । आजको खेलसँगैै लिग चरणका खेल सकिएका छन् भने सेमिफाइनल समिकरण पनि पूरा भएको छ । यसअघि वेष्टर्न क्रिकेट क्लब, बुद्ध क्रिकेट क्लब र लुम्बिनी खुकुरी क्रिकेट क्लब सेमिफाइनल पुगिसकेका छन् ।
टस जितेर सुरुवाती व्याटिङ रोजेको न्यू होराइजनले निर्धारित ५० ओभरमा अलआउट हुँदै १६७ रनको योगफल बनायो । जसका लागि मनिष थापाले ५०, अमर मिश्राले २३ र रुपेश बश्यालले २१ रन बनाए । बलिङमा तिलोत्तमाका कृष्णप्रसाद भुसालले ४, सन्देश जिसीले २ तथा यम क्षेत्री, विष्णु कटेरिया र कृष्ण पराजुलीले समान १÷१ विकेट लिए ।
जवाफी ब्याटिङमा १६८ रनको लक्ष्य तिलोत्तमाले २२.५ ओभरमा सबै विकेट गुमाउँदै ९३ रनमात्र बनाउन सक्यो । निर्धारित लक्ष्यमा पुग्न नसकेपछि हाहर व्योहोरेको तिलोेत्तमाका भुवन गैरेले २३, मनोज सुनार र कृष्ण भुसालले १७÷१७ रन बनाएका थिए । बलिङमा सस्तैमा रोक्न न्यू होराइजनका शक्तिप्रसाद गौचन, सुमित पराजुली, तुलाराम थापा र पुरुषोत्तम भट्टराईले समान २÷२ तथा गोविन्द केसी र राहुल प्रजापतीले १÷१ विकेट लिए ।
सोमबारको प्रतियोगितामा मनिष थापा म्यान अफ दम्याचबाट पुरस्कृत भए । फागुन २९ गतेसम्म चल्ने प्रतियोगितामा जिल्ला भित्रका ए डिभिजनका ८ र डिभिजन बी बाट ए मा आएका ४ टिम गरी १२ टीम बीच प्रतिस्पर्धा भइरहेको थियो । बुधबार देखि चारैवटै समूहका विजेता बीच सेमिफाइनलको प्रतियोगिता सुरु हुनेछ । पहिलो सेमफिाइनल न्यु होराइजनक्लब र बुद्ध क्रिकेट क्लब बीच प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले जनाए ।
प्रतियोगितालाई नेपाल टेलिकमले मुख्य प्रायोजन, विके ज्वेलर्स र सगरमाथा इन्स्योरेन्सले सहप्रायोजन गरेको छ । प्रतियोगिताको विजेताले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर र उदयीमान खेलाडीलाई जनही ५÷५ हजार रुपैयाँ प्रदान गरिने छ । प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँ प्रदान गरिने छ ।