भैरहवा : भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिगक्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार भएको पहिलो सेमिफाइनलमा खेलमा न्यू होराइजनक्रिकेट क्लबले बुद्ध क्रिकेट क्लबलाई २ विकेटले पराजितगर्दै फाइनलप्रवेश गरेको छ ।
सिद्धार्थ रंगशालामा टस हारेर ब्याटिङ गरेको बुद्धले निर्धारित ४४ ओभरमध्ये ४१.५ ओभरमा सबै विकेट गुमाउदै १६१ रनको योगफलबनायो । उसकालागि अजय त्रिपाठीले ४४, रिजन प्रजुले ३९, निखिलेश यादवले १६ र कमलेश यादवले नटआउट ११ रन बनाए ।
बलिङमा न्यू होराइजनकालागि शक्तिप्रसाद गौचनले ८.५ ओभरमा ४ मेर्डन राख्दै ११ रन खर्चेर ४ विकेट लिए । उनी म्यान अफ द म्याच भए । यस्तै, पुरुषोत्तम भट्टराई र राहुल प्रजापतीले समान२÷२ तथासुमित पराजुलीले १ विकेट लिए ।
जवाफी व्याटिङ गरेको न्यू होराइजनले ४२ ओभरमा ८ विकेटको क्षतिमा १६२ रन बनाउँदै जितनिकाल्यो । उसकालागि शक्तिप्रसाद गौचनले नट आउट ४२, मनिष थापाले २७ र सुमित पराजुलीले नटआउट २४ रन बनाए । बलिङमा बुद्धका रुपेश कुर्मीले ४, रिजन प्रजूले ३ र अमित अग्रहरीले १ विकेट लिए । बिहीबारदोस्रो सेमिफाइनलमा वेष्टर्न क्रिकेट क्लब र लुम्बिनी खुकुरी क्रिकेट क्लबबीच प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले जनाकारी दिए ।
यी दुई बीचको विजयी टिमले उपाधिकालागि २९ गते न्यू होराइजनसँग प्रतिस्पर्धा गर्ने छ । प्रतियोगिताको विजेता टिमले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् ।
यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर, उदयीमान खेलाडी र म्यानअफ द फाइनललाई ५÷५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।