काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर सोमपाल कामी विवाह बन्धनमा बाधिएका छन् । उनले आफ्नो चार वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् ।
क्रिकेटर सोमपालले लगनगाँठो कसेका हुन् । दुई परिवार र सीमित साथीभाइबीच सोमपाल र कैलालीकी प्रतिभा घिमिरेले लगनगाँठो कसेका छन् । उनले बिहीबार राजधानीको एक मन्दिरमा धनगढीकी प्रतिभा घिमिरेसँग विवाह गरेका हुन् ।