बुटवल-बुटवलमा स्ट्रीट वर्कआउट कम्पिटिसन भएको छ। बुटवल क्यालिस्थेनिकको आयोजनामा पहिलाे पटक बुटवल स्ट्रीड वर्कआउट कम्पिटिसन भएको हो ।
प्रतियोगिगताको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बुटवललाई खेलकुद हबको रुपमा विकास गर्न आफूहरु लागिरहेको र त्यसमा सबैको सहकार्य जरुरी रहेको उल्लेख गरे।
आयोजक संस्थाका अध्यक्ष पुकार थापाको अध्यक्षतामा भएको कार्यक्रममा एनवाइटीसीका फाउन्डर शुकदेब कार्की, वडा न ५ का वडाध्यक्ष तेजप्रसाद सुन्चेरी, खेलकुद बिकास समितिका कार्यालय प्रमुख संगमसिंह थापा, जिल्ला पिलटनेश संघघका बिजेन्द्रमान श्रेष्ठ, नगर खेलकुद बिकास समतिकिा अध्यक्ष नन्दु काउचा,केशब बहादुर शाक्य ,समाजसेबी मणी खनाल लगायतले आ आफ्ना भनाइ राखेका थिए।
प्रतियोगितामा २२ पुरुष र १७ महिला खेलाडीले सहभागीता जनाएका थिए। प्रतियोगितामा पुरुष तर्फ सागर खत्री प्रथम, सन्दीप बुढाथोकी दितिय र सुदन केसी तृतीय भए । त्यसै गरी महिलातर्फ दीना राना प्रथम, मनिषा बिके दोस्रो र मन्जीता राज भण्डारी तेस्रो भए। सो कार्यक्रमको संचालन संचारकर्मी सुमन श्रेष्ठले गरेका थिए भने इभेन्ट म्यानेज्मेन्ट एडभेन्ट नेपालले गरेको थियो।