एजेन्सी -भारतीय क्रिकेट टोलीका पूर्व कप्तान सौरव गांगुली भारतीय क्रिकेट कन्ट्रोल अफ बोर्ड (बीसीसीआई)को नयाँ अध्यक्ष बन्ने पक्का भएको छ।
सोमबार बीसीसीआईका पूर्व सदस्य राजीव शुक्लाले मुम्बइमा उक्त घोषणा गरेका हुन।
गांगुलीले पनि उक्त पदको लागि नाम दर्ता गराएका थिए। उनी बाहेक अरु कसैले पनि उक्त पदमा निवेदन दर्ता नदिएपछि उनी निर्विरोध बीसीसीआईका अध्यक्ष बन्ने छन्। जसको घोषणा आउँदो अक्टोबर २३ तारिकमा हुनेछ।
गांगुली १० महिनाको लागि अध्यक्ष पदमा काम गर्न पाउनेछन्। यसअघि गांगुली ५ वर्ष २ महिनादेखि बंगाल क्रिकेट एशोसिएशनका अध्यक्ष रहँदै आएका थिए।
नयाँ नियमका अनुसार बोर्डको कुनै पनि सदस्य लगातार ६ वर्षसम्म मात्रै कुनै पदमा रहने गर्दछ। त्यसै कारण गांगुलीको बीसीसीआईमा कार्यकाल सेप्टेम्बर २०२०मा समाप्त हुनेछ ।