काठमाडौंः इङ्गल्याण्डविरुद्ध एक दिवसीय क्रिकेट शृङ्खलाको पहिलो खेलमा भारत ६६ रनले विजयी भएको छ ।
मंगलबार राती पुणेमा भएको खेलमा खेलमा भारतले इङ्गल्याण्डलाई जितका लागि ३१८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । टस हारेर पहिले ब्याटिङ गरेको भारतले पाँच विकेटको क्षतिमा ३१७ रन बनाएको थियो ।
जवाफी ब्याटिङमा इङ्ल्याण्डले ४२ ओभर एक बलमा मात्रै २५१ रन बनाउन सक्यो । पहिलो खेल खेलिरहेका तीव्र गतिका बलर प्रसिद्ध कृष्णले प्रदर्शन गर्दै ८ ओभर १ बलमा मात्रै ५४ रन दिएर चार विकेट लिए । इङ्गल्याण्डका लागि ओपनर जोनी बेयरस्टोले ६६ बलमा ९४ रन बनाए ।
भारतका लागि सबैभन्दा धेरै रन ओपनर शिखर धवनले ९८ तथा केएल राहुलले अविजित ६२ रन बनाए । यस्तै क्रुणाल पाण्डेयले अविजित ५८ तथा कप्तान विराट कोहलीले ५६ रन बनाए । योसँगै तीन खेलको शृङ्खलामा भारतले १–० को अग्रता लिएको छ ।