बुटवल । इङ्गल्यान्डका कप्तान इयान मोर्गानले भारतविरुद्धको एकदिवसीय सिरिजको बाँकी दुई खेल गुमाउने भएका छन् । गत मंगलबार पुनेमा भएको पहिलो एकदिवसीय खेलमा हातमा चोट लागेका कारण उनले खेल गुमाउने भएका हुन् ।
अब उनको अनुपस्थितिमा जोस बटलरलाई कप्तानी दिइने भने लियाम लिभिङस्टोनले डेब्यू गर्न सक्नेछन् ।
यस्तै साम बिलिङ्गसले पनि दोस्रो खेल गुमाउने भएका छन्। शुक्रबार हुने खेलअघि उनको काँधमा चोट लागेको छ । इंग्ल्यान्ड र भारतबीच दोस्रो एकदिवसीय शुक्रबार तथा अन्तिम तथा तेस्रो खेल आइतबार हुनेछ । यसअघि पहिलो खेलमा भारतले इंग्ल्यान्डलाई ६६ रनले पराजित गर्दै सिरिजमा १–० ले अग्रता लिएको अवस्था छ ।