काठमाडौं। क्रिकेट एसोसिएसन नेपाल (क्यान)ले नेपाल, मलेसिया र नेदरल्यान्ड्सवबीच त्रिदेशीय ट्वान्टी-२० क्रिकेट शृंखला आयोजना गर्ने भएको छ।
शृंखलाको सबै खेल डबल राउन्ड रोविन लिगअनुसार सञ्चालन हुनेछ। शृंखलाको सम्पूर्ण खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा १७ अप्रिलदेखि २४ अप्रिलसम्म सञ्चालन हुनेछ।
लिगको शीर्ष दुई टोलीले उपाधिका लागि २४ अप्रिलमा फाइनल खेल खेल्नेछन्।