बुटवल – रुपन्देही लन टेनिस संघको आयोजनामा आगामी फागुन ५ देखि ९ गतेसम्म माेफसलमै ठूलाे धनराशिकाे तेस्रो संस्करणको बुटवल खुला लन टेनिस प्रतियोगिता हुने भएको छ।
संघले विहिबार बुटवलमा पत्रकार सम्मेलन गरि प्रतियोगिताको तयारी पूरा भएको जनाएको छ। टेनिस महंगो खेल भएको र यसप्रति सबैको चासो र रुची बढाउने उदेश्यले प्रतियोगिता राखिएको संघका अध्यक्ष सञ्जय प्रकाश श्रेष्ठले जानकारी दिए।
प्रतियोगिता एकल र डबल गरि विभिन्न समूहमा हुने छ। एकल पुरुष र महिलातर्फ प्रथम हुनेले नगद ५५ हजार, दोस्रो हुनेले २५ हजार र तेस्रो हुनेले नगद १० हजार पुरस्कार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
यसैगरि पुरुष उमेर समूह ३५ माथि प्रथमले ३० हजार, पुरुष ४५ वर्षमाथि २५ हजा र पुरुष ५५ वर्षमाथिकाले १५ हजार पुरस्कार प्राप्त गर्ने संघका सचिव गोपाल ज्ञवालीले बताए। यसैगरि डबलतर्फ भने पुरुष समूह विच मात्रै प्रतिस्पर्धा हुनेछ। प्रथम हुनेले २० हजार, द्धितियले १० हजार पुरस्कार प्राप्त गर्नेछन्।
यसैगरि डबल पुरुषतर्फ ३५ वर्षमाथि उमेर समूहका प्रतियोगिले प्रथमले २० हजार, द्धितियले १० हजार, ४५ वर्षमाथि उमेर समूहले प्रथम २० हजार र द्धितियले १० हजार नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएका छन्।
पत्रकार सम्मेलनमा निवर्तमान अध्यक्ष अशोक गुरुङ, नेपाल पत्रकार महासंघ प्रदेश ५ का उपाध्यक्ष भरत केसी लगायतले बोलेका थिए । प्रतियोगिताका लागि १६ लाख ८५ हजार खर्चको अनुमान गरेका छन्।