बुटवल । लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख धर्मनाथ यादवले स्थानीय तहलको लागत समन्वयमा एक स्थानीय तह एक खेलकुद संरचना विकास गरिने समेत बताएका छन् ।
उनले दाङको नेत्रलाल अभागी रंगशाला र रुपन्देहीको उजीरसिंह रंगशालालाई स्तरवन्नती गरी साग स्तरमा विकास गरिने बताए । साथै उनले नेपााल सरकारसँगकाे लागत साझेदारीको रुपमा प्रदेशको गौरबको आयोजनाको रुपमा दाङको नेत्रलाल अभागी रंगशाला निर्माणको काम अगाडी बढाइने पनि जानकारी गराएका छन् ।