बुटवल - लुम्बिनी प्रदेशका दुई वटा रंगशाललाई दक्षिण एशियाली खेलकुद साग स्तरमा विकास गरिने भएको छ। बुटवलमा निर्माण सुरु गरिएको उजिरसिंह रंगशाला र दाङमा निर्माणाधिन नेत्रलाल अभागी रंगशाललाई साग स्तरमा विकास गरिने लुम्बिनी सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ । त्यसै गरि दाङको नेत्रलाल अभागी रंगशालालाई प्रदेशको गौरवको आयोजनाको रुपमा राखीएको छ।
त्यसै गरी एक स्थानिय तह एक खेलकुद संरचना निर्माणको कार्यक्रम यस वर्षको नीति कार्यक्रममा पनि परेको छ । 'खेलकुदलाई निरोधात्मक स्वास्थ्य र उद्यमको रुपमा विकास गर्न खेलकुद पूर्वाधारको निर्माण गरी मुख्यमन्त्री रनिङसिल्ड लगायतका खेलकुद कार्यक्रमहरू सञ्चालन गरिनेछ। नेत्रलाल अभागी रंगशाला, दाङ र उजिरसिंह रंगशाला, रुपन्देही लाई दक्षिण एसियाली खेलकुद (साग) स्तरमा विकास गर्नुका साथै स्थानीय तहसँगको लागत सहभागितामा एक स्थानीय तह एक खेलकुद संरचना निर्माण गरिनेछ।' नीति तथा कार्यक्रममा भनिएकाे छ 'नेपाल सरकारसँगको लागत साझेदारीमा प्रदेशको गौरवको आयोजनाको रुपमा नेत्रलाल अभागी रंगशाला निर्माणको काम अगाडि बढाइनेछ ।'