बुटवल । युरो २०२० को प्रि–क्वार्टरफाइनलका खेलहरु सकिएका छन् । बुधबार विहान अन्तिम १६ को अन्तिम खेल सकिँएसँगै अन्तिम आठमा पुग्ने आठ टिमको टुंगो लागेको हो ।
अन्तिम आठमा बेल्जिमय, चेक रिपब्लिक, डेनमार्क, इङ्गल्याण्ड, ईटली, स्पेन, स्विट्जरल्यान्ड र युक्रेनले स्थान पक्का गरेका छन् । अब क्वार्टरफाइनलका खेल आगामी शुक्रबारदेखि सुरु हुनेछन् ।
यी भिड्दै छन् क्वार्टरफाइनलका खेलमा
- स्विट्जरल्यान्ड र स्पेन – शुक्रबार राति ९ः४५ बजे – सेन्ट पिटर्गवर्ग
- बेल्जियम र इटाली – शुक्रबार राति १२ः४५ बजे – म्युनिख
- चेक रिपब्लिक र डेनमार्क – शनिबार राति ९ः४५ बजे – बाकु
- युक्रेन र इङ्गल्याण्ड – शनिबार राति १२ः४५ बजे – रोम