रुपन्देही । बुटवलमा आयोजना गरिएको पार्क सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । बुटवलको मणिमुकुन्दसेन उद्यान (फूलबारी) र तिलोत्तमाको शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) को नेतृत्वमा नेपालमै पहिलोपटक राष्ट्रिय पार्क सम्मेलन आयोजना गरिएको हो ।
“प्रकृति संरक्षण र सौन्दर्यता हाम्रो पहिचान, पर्यटन प्रवद्र्धन र समृद्धिका लागि प्रथम पार्क सम्मेलन” भन्ने उद्देश्यका साथ दुई दिने पार्क सम्मेलन आयोजना गरिएको हो । जेठ ६ र ७ गते मणिमुकुन्द सेन उद्यानमा आयोजना गरिएको सम्मेलनमा देशभरबाट एक सय ५० बढी पार्क सहभागि हुने बुटवलमा आज पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ ।
पार्क व्यवस्थापनमा रहेका नीतिगत र कानुनी जटिलताको समाधान खोज्न राज्यको ध्यानाकर्षण गराउन सम्मेलन आयोजना गरिएको मणिमुकुन्दसेन उद्यान संरक्षण समितिका अध्यक्ष खेमप्रसाद लुइँटेलले जानकारी दिनुभयो ।
कानुनको अभावमा देशभर पार्कहरूको व्यवस्थापनमा चुनौती देखिएकाले समस्या समाधानको पहिचान गर्न सम्मेलन फलदायी हुने उहाँको विश्वास छ ।
अध्यक्ष लुइँटेलल उद्यानले प्रकृतिदेखि संस्कृतिसम्म, वातावरण, जैविक विविधता, सौन्दर्यकरण लगायका विषयलाई आत्मसाथ गरेको जनाउँदै यसलाई पर्यटनको सशक्त माध्यम बनाउन बनाउन आवश्यक रहेकामा जोड दिनुभयो ।
शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र रुपन्देहीका अध्यक्ष बेलप्रसाद शर्माले उद्यान पर्या पर्यटको महत्वपूर्ण आधार हो भन्ने विषयलाई स्थापित गर्न पार्क सम्मेलन आयोजना गरिएको बताउनुभयो । पार्कको विकास र प्रवद्र्धन नगरी पर्यटन क्षेत्र अघि बढ्न नसक्ने उहाँको भनाइ थियो ।
सम्मेलन सम्पन्न गर्न करिब ३० लाख खर्च हुने अनुमान गरिएको छ । भएकाले प्रदेशकखर्च वयवस्थापनका लागि स्थानीय तह, प्रदेश सरकार र प्रदेश पर्यटन परिषदसँग सहयोगका लागि आग्रह गरिएकोे पार्क सम्मेलन तयारी समितिका सदस्य सचिव अनन्त सिलवालले जानकारी दिनुभयो ।
उहाँका अनुसार सम्मेलनमा संबिधानविद् काशिराज दाहाल, अग्रज पत्रकार तथा अध्येता डि.आर घिमिरे लगायतले विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गर्नुहुने छ भने कार्यपत्रमाथि समुहगत छलफल हुने छ । सम्मेलन बुटवल घोषणापत्र जारी गरी समापन हुने छ ।